सनीराज शाक्य
शब्तादी पुरुष सत्यमोहन जोशीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई आफ्नो अन्तिम इच्छा बताएका छन्।
शुक्रबार १०३ वर्ष पुगेका जोशीलाई भेट्न उनकै घर पाटन पुगेका श्रेष्ठलाई जोशीले आफ्नो अन्तिम इच्छा बताएका हुन्।
पर्यटनमन्त्रीलाई आफ्नो अन्तिम इच्छा सुनाउँदै जोशीले भने, ‘मलाई हेरचाह गर्नका लागि डाक्टर राख्दिएको भए हुन्थ्यो। पहिला नर्सको व्यवस्था थियो अहिले छैन। म बाचेँसम्म अन्तिम इच्छा भनेको चक्र सम्वद्धलाई लोकापर्ण गर्ने हो।’
त्यसैगरी मन्त्री श्रेष्ठले सत्यमोहनको स्वास्थ्य अवस्थाबारे ध्यान दिने बताएका थिए। जोशीको स्वास्थ्य सुधारको कामना गर्दै उनले भने, ‘उहाँको स्वास्थ्य सुधारमा हामी ध्यान दिनेछौँ।’
सत्यमोहन जोशीको अन्तिम इच्छा सम्मान गर्दै मन्त्री श्रेष्ठले भने,‘चक्र संम्वद्धको एउटा इतिहास छ, त्यो उहाँलाई चिनोको रुपमा दिन चाहन्छु।’
त्यस्तै उनले चक्र संम्वद्धलाई परिक्षण गरि संरक्षण गर्ने र लोकापर्ण गर्ने समेत बताएका थिए।












माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया