त्रिविमा कर्मचारी भर्नामा अनियमितता प्रकरण : सेवा आयोगका अध्यक्षलाई सफाइ, ६ प्राध्यापक/कर्मचारी दोषी ठहर

त्रिभुवन विश्वविद्यालयमा कर्मचारी भर्ना प्रक्रियामा भएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा सेवा आयोगका तत्कालीन अध्यक्षसहित चारजनाले सफाइ पाएका छन्।

प्राध्यापक तथा कर्मचारी भने दोषी ठहर भएका छन्। विशेष अदालतले मंगलबार सो मुद्दामा आंशिक ठहरको फैसला सुनाउँदै सेवा आयोगका तत्कालीन अध्यक्ष चैतन्य शर्मा, सदस्य चिन्तामणि पोखरेल, प्राध्यापक गोविन्द ढकाल तथा सहप्राध्यापक ताराप्रसाद पौडेललाई सफाइ दिएको हो।

तत्कालीन प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, कर्मचारी इन्दिरा तिवारी भन्तना, प्राध्यापक टेकनाथ ढकाल र सहप्राध्यापकद्वय राजेश्वर न्यौपाने र रामबहादुर पाण्डेलाई भने दोषी ठहर भएको विशेष अदालतका उपरजिस्ट्रार नारनप्रसाद भट्टराईले बताए। अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरू यमुना भट्टराई र खुशीप्रसाद थारुको इजलासले सो मुद्दाको फैसला सुनाएको हो। 

प्रकाशित मिति: : 2022-09-21 07:01:00

प्रतिकृया दिनुहोस्