गार्मेन्ट व्यवसायी मोहम्मद हत्या प्रकरण : ज्यान मुद्दा र जाली नोट कारोवारमा बसेका थिए ९ वर्ष जेल, अपराधी समूहसँग उनको के छ कनेक्सन?

पहिलोपोष्ट

काठमाडौं

सोमवार साँझ करिब पौने सात बजेतिर सर्लाही घर भएका लाल मोहम्मद दर्जी बा ६ च ५१५२ नम्बरको कारबाट ओर्लिँदै थिए। मोहम्मद कारबाट झर्नेबित्तिकै उनको पछाडिबाट रातो रंगको लुगा लगाएको मान्छेले गोली प्रहार गर्‍यो।

गोली प्रहार भएपछि उनी आफू बच्नका लागि गाडी वरपर भागेर छल्ने प्रयास गरे। तर अज्ञात सुटरले फेरि अर्को फायर खोले। गोली लागी घाइते भएका मोहम्मदको उपचारको क्रममा मृत्यु भयो। 

मोहम्मदमाथि साँझ पौने ७ बजेतिर कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटारमा गोली प्रहार भएको थियो। जोरपाटीबाट सामान किनेर फर्किरहेको अवस्थामा उनी माथि चार राउन्ड गोली प्रहार भएको खुलेको छ।

गोली लागी घाइते भएका मोहम्मदको जोरपाटीस्थित शंकरापुरमा उपचार नभएपछि टिचिङ अस्पताल महाजगञ्ज लगिएको थियो। मोहम्मद दर्जी रामप्रसाद गौतमले चलाएको गाडीमा आएका थिए।

गाडी रोकेर ओर्लिनेबित्तिकै उनीमाथि गोली प्रहार भएको गौतमले बताए।

'उहाँसँगै गाडीमा हुनुहुन्थ्यो ओर्लिनेबित्तिकै गोली प्रहार गरे। म गाडीको सिसा लगाउँदै थिए,' गौतमले भने।

प्रकाशित मिति: : 2022-09-20 07:48:00

प्रतिकृया दिनुहोस्