शरद ऋतुको आगमनसँगै मनास्लु भरिभराउ

शरद ऋतुको आरोहणको मौसम सुरुसँगै मनास्लु आधार शिविर अरोहीको चहलपहल सुरु भएको छ।

मनास्लु हिमाल समुद्र सतहबाट ८,१६३ मिटर (२६,७८१ फिट) उचाइमा रहेको विश्वको आठौं–अग्लो हिमाल। मनास्लु हिमाल पर्वतारोहीहरू धमाधम हेलिकप्टर चढेर आधार शिविरसम्मको पदयात्राअघिको अन्तिम गाउँ सामगाउँ हुदै वेसक्याम्प पुगेका छन्। ने

नेपालको पर्यटन विभागका अनुसार हालसम्म मनास्लु आरोहणको लागी ३८३ वटा अनुमति दिएको छ।

४८४६ मिटरमा अवस्थित आधार शिविर अहिले आरोहिको भिड लागेको छ। विभिन्न कम्पनीले आधार शिविरमा सेरोफेरो आ–आफ्नो आरोहि टोलीका लागि पाल टाँगेका छन। बेसक्याम्प अहिले ’टेन्ट भिलेज’ जस्तै बनेको छ । नेपाली गाइड , शेर्पा र अन्य सहयोगी टोलीहरु चुचुरोसम्मको बाटो खुलाउन धमाधम डोरी टाँग्ने कार्यमा जुटिरहेका छन।शरद ऋतु मनास्लु आरोहणको लागी उत्तम मौसम हो ।मनास्लु नामको अर्थ “आत्माको पहाड“ हो र यो संस्कृत शब्द मनसाबाट आएको हो, जसको अर्थ “बुद्धि“ वा 'आत्मा' हो।

मे ९, १९५६ मा जापानी आरोहणका सदस्य तोसियो इमानिशी र ग्याल्जेन नोर्बुले मनास्लु हिमालको पहिलो पटक आरोहण गरेका थिए। जसरी बेलायतीहरु सगरमाथालाई आफ्नो हिमाल मान्छन , मनास्लु हिमाललाई भने जापानी हिमालको रुपमा मान्दै आएको छ।करिब १७७ किलोमिटर मनास्लु पदयात्रा मार्गले मनास्लु क्षेत्र पदयात्राको लागि पनि विदेशिहरुको माझ निकै लोकप्रिय छ।पर्यटन विभागको पछिल्लो विवरण अनुसार वसन्त ऋतुको आरोहणको लागि ४२५ जनाले अनुमति प्राप्त गरेको छ।

जसमध्ये मनास्लु हिमाल (८१६३ मि.) को लागि ३८३, धौलागिरि हिमाल (८१६७ मि.) २ , हिमलुङ हिमाल (७१२६ मि) ७ , कुम्भकर्ण हिमाल ( ७७१० मि. ) ४, नुप्से (७८८५)  ५ , सगरमाथा (८८४८.८६ मि)  ५,  सारिबुङ हिमाल ( ६३४६ मि.) को लागि १ जनाले आरोहण अनुमति लिएको विभागले जानकारी गराएको छ।

मनास्लु गोरखा जिल्लाको अग्लो चुचुरो हो र अन्नपूर्णबाट करिब ६४ किलोमिटर (४० माइल) पूर्वमा पर्छ। पहाडको लामो चट्टानहरू र उपत्यका ग्लेशियरहरूले सबै दिशाहरूबाट सम्भाव्य दृष्टिकोणहरू प्रदान गर्दछ र एक चोटीमा समापन गर्दछ जुन टावरहरू यसको वरपरको परिदृश्य माथि खडा हुन्छ र टाढाबाट हेर्दा एक प्रमुख विशेषता हो। 

पछिल्लो  समय शरद ऋतुमा मनास्लु हिमाल चढ्ने आरोहीको भीड लाग्ने गरेको छ। बसन्त ऋतुमा हिउँ पग्लेर हिमाल आरोहणमा समस्या हुने गरेका कारण पनि शरद ऋतु आरोहणका लागि आकर्षण बन्ने गरेको छ।

गत वर्षको शरद ऋतुमा मिङमा जीले रियल समिटको सफल आरोहण गरेपछि यस अघि वास्तविक चुचुरोमा नपुगरै मनास्लु आरोही कहलिएकाहरु फेरि आरोहणका लागि मनास्लु फर्किएका छन।

यस अघ दक्षिण एसियाबाट पहिलो पटक १४ वटा हिमाल चढेर रेकर्ड बनाएका मिङमा शेर्पा, दोहोरयाएर १४ वटा हिमाल चढेको विश्व रेकर्ड बनाएका सानु शेर्पा पनि रियल समिटको तयारीमा आधार शिविर पुगेका छन।

निर्मल पुर्जाको स्पीड रेकर्ड तोडन कस्सिएकी नर्वेजियन आरोही क्रिष्टिन हरिला पनि मनास्लु पुगेकी छिन्। गएको बसन्त ऋतु देखि ११ वटा हिमाल चढेकी हरिला मनास्लुको सफल आरोहण पछि सिसापाङमा र चोयु आरोहणका लागि चीन जाने छिन्।

फाेटाे/भिडियाे साैजन्यः मिङ्मा शेर्पा र कामिरिता शेर्पा

प्रकाशित मिति: : 2022-09-15 15:21:00

प्रतिकृया दिनुहोस्