कंगारुको हमलामा अस्ट्रेलियामा एक वृद्धको मृत्यु

File Photo
File Photo

कंगारुको हमलामा अस्ट्रेयिलयामा एक ७७ वर्षीय वृद्धको मृत्यु भएको छ।

ती व्यक्तिले कंगारुलाई आफूले पाल्दै आएका थिए। पहिचान नभएको व्यक्तिलाई आइतबार दिउँसो आफन्तले पश्चिमी अस्ट्रेलियाको थोरै जनसंख्या भएको दक्षिणी सहर रेडमन्डको एउटा घरमा गम्भीर घाइते अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। कंगारुले अस्ट्रेलियाली इतिहासमा ८६ वर्षपछि पहिलो पटक आक्रमण गरेको बताइएको छ।

ती व्यक्तिलाई एक बिहानै कंगारुले आक्रमण गरेको बताइएको छ। उनको घरमा एम्बुलेन्सका कर्मचारी पुग्दा ती व्यक्तिको मृत्यु भइसकेको थियो। प्रहरीले कंगारुलाई गोली हानेर मारिदिएको थियो।

कंगारुलाई मानिसले पाल्तु जनावरको रूपमा राखेको हुन सक्ने अनुमान गरिएको छ।  कंगारुको प्रजाति पहिचान नभए पनि पश्चिमी अस्ट्रेलियाको ‘ग्रेट साउर्दन’ क्षेत्रको भएको बताइएको छ। २ दशमलब २ मिटर अग्लो कंगारुको तौल ७० किलोसम्म हुने गर्छ। अस्ट्रेलियाली सञ्चार माध्यमहरूका अनुसार यसअघि सन् १९३६ मा कंगारुको हमलामा मानिसको मृत्यु भएको थियो। 
 

प्रकाशित मिति: : 2022-09-13 11:59:00

प्रतिकृया दिनुहोस्