क्यालिफोर्नियाकाे जङ्गलमा लागेकाे डढेलाे तीन दिनदेखि नियन्त्रण बाहिर

बिएल संवाददाता

क्यालिफोर्निया

क्यालिफोर्निया राज्यको सेक्रेमेण्टो सहरदेखि पूर्व तलहट्टीको जङ्गलमा गत बिहिबारदेखि लागेको आगो करिब ६० घन्टा बित्दासम्म पनि नियन्त्रणमा लिन सकिएको छैन।

करिब दुई हजार अग्नि नियन्त्रकले लगातार रुपमा प्रयास गर्दा पनि आगलागी कम नभएको क्यालिफोर्निया राज्य सरकारका प्रवक्ता बिल्ली नेल्सन ले पत्रकारहरुलाई बताएका छन्। प्रवक्ता नेल्सनका अनुसार यो आगलागी एक सय १९ दशमलब ७ वर्ग किलोमिटरमा फैलिएको छ।

जङ्गल नजिकको मानव बस्ती खाली गरिएको छ तर आफ्नो ज्यान बचाउन जङ्गलबाट जङ्गली जनावरहरु मानव वस्तीमा आएकाले उनीहरुले मान्छेलाई आक्रमण गर्ने खतरा पनि बढेको छ।

यसको साथै धुवाँको कारण विमानबाट पानी फालेर आगो निभाउन नसकेको पनि प्रवक्ता नेल्सनले बताए। हाल आगलागी भएको स्थानमा सङ्कटकाल लगाइएको छ।

प्रकाशित मिति: : 2022-09-10 20:37:00

प्रतिकृया दिनुहोस्