अविच्छिन्न ओली, अस्थायी प्रतिस्पर्धी

अनलाइनखबर

बिनु सुवेदी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूमिगतकालीन राजनीतिको अधिकांश समय दक्षिणी झापाको गौरीगञ्जमा बिताए ।

त्यतिखेरका कम्युनिस्टहरुले राजनीतिक गतिविधि गर्ने सुरक्षित थलो झापाका दक्षिणी देहातलाई बनाएका थिए । त्यतिबेलैदेखि कम्युनिस्ट बलियो भएको ठाउँ हो ।

०४८ सालदेखि ०५६ को चुनावमा यो क्षेत्र निर्वाचन क्षेत्र नम्बर ६ थियो भने ०६४ र ०७० को संविधानसभा चुनावमा क्षेत्र नम्बर ७ भयो । २०७४ यता क्षेत्र नम्बर ५ बनेको यही क्षेत्रबाट एमाले अध्यक्ष ओली संसदीय चुनावमा निरन्तर प्रतिस्पर्धा गरिरहँदा उनका प्रतिस्पर्धी भने चुनावैपिच्छे फेरिएका छन् ।

मुलुकमा बहुदल पुनर्स्थापना भएपछि २०४८ सालमा पहिलोपटक संसदीय निर्वाचनमा उम्मेदवार भएका ओलीले नेपाली कांग्रेसका पूर्णानन्द शर्मालाई पराजित गरे । त्यतिखेर दमक, कमलझोडा, गौरादह, गौरीगञ्ज क्षेत्र नम्बर ६ मा पर्थ्यो ।

प्रकाशित मिति: : 2022-09-08 20:13:00

प्रतिकृया दिनुहोस्