प्रधानमन्त्री र विद्यार्थी दुबैको तारो बन्दै संस्कृत विश्वविद्यालय

File Photo
File Photo

दाङको बेलझुण्डीस्थित संस्कृत विश्वविद्यालय प्रधानमन्त्री र विद्यार्थी दुबैको तारो (निशाना) बन्दै गएको छ।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्राध्यापक नियुक्तिका लागि खोलिएको विज्ञान रोक्न निर्देशन दिएसँगै विश्वविद्यालय प्रधानमन्त्री र विद्यार्थी दुबैको तारो बन्दै गएको हो।

उपप्राध्यापक नियुक्तिका लागि विश्वविद्यालयले सेवा आयोगबाट २०७८ चैत १६ गते विज्ञापन खोलेको थियो। उक्त विज्ञानपनमाथि छानविन गर्नुपर्ने भन्दै प्रधानन्त्रीले रोक्न निर्देशन दिएपछि विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ।

प्रधानमन्त्रीले विज्ञान रोक्न निर्देशन दिने तर विद्यार्थीले छिटो उपप्राध्यापक नियुक्त गर्नु पर्ने माग राख्दै पटक–पटक विश्वविद्यालयमा तालाबन्दी गर्दा विश्वविद्यालय थप अस्तव्यस्त बन्दै गएको हो।

१०० दिनको तालाबन्दीको मारमा खेपेको विश्वविद्यालय ताला खुलेको एक महिना नपुग्दै भदौ २२ गते (हिजो) आयुर्वेद स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले उपप्राध्यापक नियुक्तिलगायतको माग राख्दै ताला लगाएपछि विश्वविद्यालयको कामकाज रोकिएको छ।

प्रधानमन्त्रीले साउन २ गते पत्र पठाउँदै सेवा आयोगबाट खोलिएको विज्ञापनको वैद्यता हेर्नका लागि छानविन गर्नुपर्ने भन्दै विज्ञानपन रोक्न निर्देशन गरेको भएपनि त्यसको आजसम्म सुनाइ हुन सकेको छैन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव नारायण प्रसाद भट्टको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन पनि भएको छ। उक्त समितिले आजसम्म कुनै प्रतिवेदन बुझाउन सकेको छैन।

यता विद्यार्थीले भने उपप्राध्यापक नियुक्ति, केन्द्रीय आयुर्वेद विद्यापिठमा ओपिडिसहितको तत्काल अस्पताल सञ्चालन गर्नुपर्ने, इन्टरशीपका लागि क्याम्पसले गरेको सम्झौताअनुरुप भत्ताको व्यवस्था गर्नुपर्ने लगायत २१ वटा माग राखी अनिश्चितकालिन तालबन्दी गरेको छ। यसको मारमा विश्वविद्यालय परेको विश्वविद्यालयका रजिष्टार माधव अधिकारीले बताए।

‘विद्यार्थीको मागका सम्बन्धमा हामी पनि गम्भीर छौँ। तर केही गर्न सक्दैनौँ,’ रजिष्टार अधिकारीले भने, ‘प्रधानमन्त्रीले विज्ञान रोक्न निर्देशन दिने तर याता विद्यार्थीले छिटो नियुक्त हुने पर्ने भन्दै ताला लगाउँदा जहाँबाट पनि हामी भने मारमा परेका छौँ।’

तालाबन्दी खुलेको एक महिना नहुँदै फेरि ताला

यसअघि पनि विश्वविद्यालयमा उपप्राध्यापक नियुक्तिलगायतको विषय माग राख्दै नेविसंघले १०० दिन तालाबन्दी गरेको थियो। वैशाख १९ गतेदेखि लगाएको ताला अदालतको अन्तरिम आदेशपछि मात्र नेविसंघले १०० दिनपछि साउन २५ गते ताला खोेलेको थियो।

तर ताला खुलेको एक महिना नहुँदै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको छ। आयुर्वेद संकायतर्फ ९औँ ब्याजमा अध्ययनरत अभयप्रताप चौवेको नेतृत्वमा हिजो (बुधबार) विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला लागेको हो।

विद्यार्थीहरुले उच्च अदालत तुलसीपुरको आदेशविपरीत ताला लगएका छन् भने विश्वविद्यालयमा तोडफोडसमेत गरेका थिए। बुधबार दिउँसो ताला लगाउन गएका विद्यार्थीले आफ्नो माग पुरा हुनुपर्ने भन्दै दुई/तीन वटा झ्यालका सिसा फुटाउनुका साथै डस्टरहरु भाँच्नेका थिए।

‘मागका विषयमा अन्य कार्यक्रम गर्न सकिन्छ। तोडफोड नगर। ताला नलगाउ मैले भनेको हुँ,’ संस्कृति विश्वविद्यालयका रजिष्टार अधिकारीले भने, ‘तर मानेन्। तोडफोडमा उत्रिए। दुई/तीन वटा झ्याँलका सिसा फुटाएका छन्। केही डस्टरहरु पनि भाँचेका छन्।’

ताला लगाउनु, तोडफोडमा उत्रनु अदालतको आदेशविपरीत हुने भन्दै विद्यार्थीहरुलाई सम्झाउँदा पनि उनीहरुले नमानेको रजिष्टार अधिकारीले बताए। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले विद्यार्थी अभयप्रताप चौबेको नेतृत्वमा ३ जनाले ताला लगाएको बताए।

अवहेलना मुद्दा लाग्न सक्छ?

उच्च अदालत तुलसीपुरको आदेशपछि नेविसंघ १०० दिनको ताला खोल्न बाध्य भएको थियो। अदालतले तालबन्दी गर्नु अनुचित भन्दै ताला खोल्न अन्तरिम आदेश दिएको थियो। उक्त मुद्धाको फैसला अझै आएको छैन।

तर अब अन्य विद्यार्थीहरुले तालाबन्दी गरेपछि अदालतको अवहेलना मुद्धा के हुने भन्ने विषयमा चासो बढेको छ। के ताला लगाउनेलाई अवहेलना मुद्दा लाग्न सक्छ? भन्ने प्रश्नमा कानुन व्यवसायी गोपाल नेपाली भने, ‘अवहेलना मुद्दा लाग्छ।’

नेपालीले अगाडि भने, ‘अदालतले तालाबन्दीका विषयमा अघिल्लो पटक तालाबन्दी खुलाउन अन्तरिम आदेश दिइसकेको छ। यस फैसाला आउन पनि बाँकी रहेको छ। तर फैसला नआउँदै फेरि लाता लगाउनेलाई अवहेलना मुद्दा लाग्छ।’

प्रकाशित मिति: : 2022-09-08 09:44:00

प्रतिकृया दिनुहोस्