कसरी गर्ने कपालको हेरचाह ?

File photo
File photo

कपाललाई विशेषगरी नारीहरुको एक गहनाको रुपमा लिइन्छ। कपालमा केही समस्या आयो भने हामी उपाय खोज्न कहिले अस्पताल त कहिले पार्लर पुगेकै हुन्छाैँ। कपाललाई राम्रो बनाउन हामी महंगा-महंगा कस्मेटिक सामानहरु प्रयोग गर्ने गर्छाैँ। तर हामीले कपाललाई स्याहार कसरी गर्ने त? त्यसैले आज हामी चर्चा गर्नेछाैँ कपाललाई स्याहार गर्ने तरिकाबारे।

यदी कसैकाे कपालमा केही समस्या आयाे भने त्यसकाे विकल्प भनेकै  केराटिन ट्रिटमेन्ट हाे। जसकाे प्रयाेगले कपालकाे समस्या मात्र हाेइन यसलाई राम्राे र बलियाे पनि बनाउँछ।

ब्युटीसियन लक्ष्मी महतका अनुसार कपाल ड्याम्मेज भएमा केराटिन ट्रिट्मेन्टकाे प्रयाेग गर्नुपर्छ। जसले कपालकाे सुन्दरतालाई कायमै राख्न मद्दत गर्छ। यसले कलर, हाइलाइट, केमिकल र कुनै नराम्रो स्याम्फुहरु प्रयोग गर्दा ड्याम्मेज भएको कपाललाई राम्रो बनाउन मद्दत पुर्याउछ। 

केराटिनले कपालको ट्रिमेन्ट गर्ने  र  नराम्रो कपाललाई रिकभर गर्छ। ड्याम्मेज भएको कपाल छ भने केराटिन गर्न आवश्यक हुन्छ। केराटिनले कपालको गुणस्तर अनुसार सिल्की समेत बनाउने गर्छ। 

कपाल झर्ने समस्याबाट कसरी बच्ने? 

कपालको स्याहार गर्न हामीले नराम्रो स्याम्फु र केमिकलहरु प्रयोग गर्न हुँदैन। नराम्रो स्याम्फु र केमिकलहरुको प्रयोग गर्दा कपाल झर्ने समस्या आउने गर्छ।

त्यस्तै लामो समयसम्म कुनै औषधी खाँदा, पेटको समस्या, धेरै औषधी सेवन वा सामान्य औषधीका प्रयोग र पानी पर्ने माैसमले पनि कपाल झर्ने गर्छ।

हामीले कपाललाई झर्न नदिन तेलकाे मसाज, सामान्य स्याम्फु र कपालको गुणस्तर अनुसारको स्याम्फु प्रयोग गर्दा केही मात्रामा कपाल झर्न कम हुने गर्छ।

कपालमा चाया पर्ने समस्या मौसम अनुसार जाडो सुरु हुने र जाडोको समय सकिँदा आउने गर्दछ।

चाया नपर्ने स्याम्फु छ महिना भन्दा प्रयोग गर्नाले कपाललाई ड्यामेज बनाउँछ। हामीले कुनै चाया नपर्ने स्याम्फु ५ महिना प्रयोग गरेपछि रोकियो भने पूर्ण त्यँही प्रयोग गर्नु हुँदैन। त्यसपछि सामान्य स्याम्फुकाे प्रयोग गर्दा कपालको चाया हराउन सक्छ।

प्रकाशित मिति: : 2022-09-07 08:05:00

प्रतिकृया दिनुहोस्