आइतबार, २८ डिसेम्बर २०२६

कक्षा १२ को नतिजा खस्किनुमा कसकाे दाेष?

News Image
• • •

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार गरेको उच्च माध्यमिक तह कक्षा १२ को नतिजा निराशजनक छ।

कुल ३ लाख ३६ हजार ८ जना परिक्षार्थीले ल्याएको नतिजा नेपालको इतिहासकै खराब नतिजा हो। जसमध्ये ५२ प्रतिशत विद्यार्थीहरु विश्वविद्यालय पढ्नबाट वञ्चित भएका छन् भने ४८ प्रतिशत विद्यार्थीहरुले मात्र पढ्न पाउने छन्। 

२०७२ सालदेखि लागु भएको ग्रेडिङ प्रणालीमा यो वर्षको नतिजा इतिहासकै खराब नतिजा भएको राष्टिय परिक्षा बोर्डका उपसचिव अनिरुद धमलाले बिएल नेपाली सेवालाई बताए।

उनका अनुसार यसपटकको नतिजा राम्रो नआउनुको कारण विद्यार्थी स्वयम हुन्। ‘यो वर्षको नतिजा राम्रो आएन, जसको मुख्य कारण हो, विद्यार्थी आफैँ हुन्। १२ को परीक्षा होम सेन्टरमै हुन्छ सोचेका विद्यार्थीहरुले पास भइहाल्छ भनेर नपढी नै परीक्षा दिए। अन्त्यमा परीक्षा बिग्रियो’ उनले भने, ‘१२ को परीक्षाको नतिजा नराम्रो आउनु अर्को कारण स्थानीय निकाय हो। कक्षा १२ गतिविधिको जिम्मेवारी स्थानीय निकाय दिइएको थियो। तर निकायले कुनै वास्ता देखाएन।’

त्यसैगरी विद्यार्थीहरुमा परीक्षा अनलाइनमै हुन्छ भन्ने भ्रमको कारण पनि यो पटकको नतिजा बिग्रिएको पिपल्स क्याम्पसका प्लस टु कार्यक्रम सयोजंक भानु सिग्देल बताउँछन्। ‘पछिल्लो वर्ष अनलाइनमा परीक्षा भयो, त्यसैपनि विद्यार्थीमा भ्रम फैलियो यो पटक पनि परीक्षा अनलाइनमा नै हुन्छ भनेर त्यसैले उनीहरुको नतिजा निराशजनक आयो’ उनले भने, ‘विद्यार्थीहरुले परीक्षालाई गम्भीर रुपमा लिएनन्।’

कलेजहरुले आफ्ना विद्यार्थीहरुलाई राम्रोसँग अभ्यास नगराएको कारण पनि यसपटक नतिजा खस्किएको उनले बताए।

सेन्ट लरेन्स कलेजकी शिक्षक सुनिता लामाका अनुसार कक्षा १२ का विद्यार्थीहरुको परीक्षाको नतिजा नराम्रो आउनुको कारण स्थानीय निकाय हो।

‘स्थानीय पालिकालाई कक्षा १२ को शौक्षिक गतिविधिको जिम्मेवारी दिइएको थियो तर निकायले सो अनुसार काम गरेन। त्यसैले नतिजा नराम्रो आयो’ उनले भनिन्।

त्यसैगरी उनी सरकारले लागु गरेको ग्रेडिङ प्रणाल पनि उचीत नभएको बताउँछिन्। ‘सरकारले २०७२ सालदेखि केही विचारै नगरी ग्रेडिङ प्रणाली लागु गर्यो’ उनी भन्छिन्, ‘अहिलको नतिजाले नेपालको शिक्षा निति समय सापेक्षा परिवर्तन, परिस्कृत, र परिमार्जित नभएकोले ५२ प्रतिशत विघार्थीले स्नातक तह पढन नपाउने भए, उनीहरु बेरोजगार मात्र होइन आगामी दिनहरुमा अपराधी क्रियाकलापमा सग्ंलन नहोलान भन्न सकिदैन।’ 

नेपालमा ग्रेडिङ प्रणाली कत्तिको उचित? 

यो पटकको नतिजा देखेर विद्याथी मात्र होइन शिक्षकहरुमा पनि निराशा छाएको छ। यो नतिजाले विद्यार्थीको मस्तिकमा नराम्रो असर परेको छ। यसपटकको नतिजाअनुसार ४८ प्रतिशत विद्यार्थीहरुले मात्र पढ्न पाउने छन्। जसको मुख्य कारण नै ग्रेडिङ प्रणाली हो। 

ग्रेडिङ प्रणाली सुरु भएदेखि नै विद्यार्थीहरुको पढाइ खस्किन थालेको छ। ग्रेडिङ प्रणलीमा कोही पनि विद्यार्थी ‘फेल’ हुँदैन भन्ने भ्रमका कारण पढ्ने विद्यार्थी समेत अल्छाउनु थालेका छन्। जसले गर्दा  विद्यार्थीको परीक्षाको नतिजा बिग्रन थालेको हो। नेपालमा ग्रेडिङ प्रणाली लागु हुनु भनेको पढाइप्रति विद्यार्थीहरुको रुची घट्दै जानु हो। त्यसैले यो प्रणलीलाई हटाउनुपर्छ। 

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!