मेयर बालेनकाे कामदेखि खुसी छैनन् जनता! (भिडियोसहित)

सुदिप बराल

काठमाडौं

काठमाण्डौं महानगरका मेयर बालेन शाहको निर्देशनमा महानगरभित्रका अवैध संरचनाहरु भत्काउने अभियान सुरु भइसकेको छ। 

उनकाे उक्त कदमको समर्थनमा चर्काे नाराबाजीहरु हुने गरेकाे छ। तर पछिल्लो समय उनको कार्यशैलीप्रति असन्तुष्टिको आवाज पनि सुनिन थालेको छ। मेयर शाहले चुनावका बेला गरेका वाचाहरु पुरा नगरेको सर्वसाधारणको गुनासो रहेको छ।

संरचना भत्काउनमा अग्रसर देखिएका मेयरले बनाउनमा चाँहि कत्तिको जोड दिन्छन् त्यो हेर्न बाँकी रहेको बताइरहेका छन्।

काठमाडाैंमा व्यवसाय सञ्चालन गरेर बसेका संखुवासभाका हेमचन्द्र निरौला पनि मेयर शाहको कार्यशैलीप्रति असन्तुष्ट रहेका छन्। 

चुट्कीको भरमा फोहोर व्यवस्थापन गर्छु भनेका मेयर फोहोर व्यवस्थापनमा चुकेकाे र सडकमा थुप्रेका फोहोरको डङ्गुरले गर्दा नाक थुनेर हिड्नुपर्ने अवस्था आएको प्रति उनको गुनासो रहेको छ।

नेतृत्वमा पुगेपछि काम गर्न दिएनन् र काम गर्ने वातावरण बन्न सकेन भन्ने उहिलेदेखिको चलन भएको र बालेन पनि त्यसैको नमुना भएको उनको आरोप छ।

तर जो आएपनि  सुरूमा काम गर्न खोजे जस्तो गर्ने र अरुले गर्न नदिएजस्तो गरेर आफू  पन्छिने प्रवृत्ति रहेकाले बालेनलाई मात्रै दोष दिन नहुने उनी बताउँछन्।

घर भत्काएर मात्र सफल भन्न नमिल्ने र बनाउन पनि जान्नुपर्ने भएकाले गफ र र्यापले मात्र देश नचल्ने उनी बताउँछन्।

सत्यता आत्मामा हुने र मेयर बालेनले आत्माको कुरा नबुझेकोमा उनको दुःखेसो छ।

अहिले गोरखापत्र पाउनै मुश्किल पर्ने भएकाले गोरखापत्रमा सूचना निकालेको भनेर महानगर पन्छिन खाेजेकाे उनले बताए।

'महानगरले हत्तारिएर निर्णय गरेको छ, केही समय राम्ररी बुझेर काम गरेको भए अझै प्रभावकारी हुन्थ्यो' उनले बिएल नेपाली सेवासँग भने, 'काम राम्रै भएपनि भत्काएर मात्र समस्या समाधान हुँदैन।'

उनले गरिब र निमुखा फुटपाथ व्यवसायीहरुलाई पनि उचित विकल्प दिएर प्रभावकारी व्यवस्थापनमा जोड दिनुपर्ने बताएका थिए। 

प्रकाशित मिति: : 2022-09-06 16:00:00

प्रतिकृया दिनुहोस्