स्रोत नखुलेको सात लाखसहित एक जना पक्राउ

File photo
File photo

भारतबाट मोटरसाइकलको सिटमुनी र ट्यांकीमा लुकाएर ल्याएको श्रोत नखुलेको ७ लाख नेपाली रुपैयाँसहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका ७ का ५० वर्षीय हरिनारायण प्रसाद कुर्मी रहेका छन्। 

कुर्मी भारततको रक्सौलबाट वीरगञ्जतर्फ आउने क्रममा पक्राउ परेको पर्साका प्रहरी प्रवक्ता डीएसपी दिपक गिरीले बताए।

कुर्मी ना२८प २८९० नम्बरको मोटरसाइकलमा आउँदै गर्दा उनीमाथि शंका लागेर चेकजाँच गरेको र सो क्रममा बरामद भएको सातलाख रुपैयाँको स्रोत खुलाउन नसक्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

 

प्रकाशित मिति: : 2022-09-04 21:06:00

प्रतिकृया दिनुहोस्