उच्च शिक्षामा नेपाल कहाँ छ ?

अनलाइनखबर

भीम रेग्मी

कार्ल मार्क्सले संसार बुझ्ने भन्दा बदल्ने कुरालाई ध्यान दिए। यसै प्रसंगमा अल्बर्ट आइन्स्टाइनले भनेका थिए- ‘कुनै पनि समस्यालाई चेतनाको समान स्तरबाट समाधान गर्न सकिंदैन। वर्तमान आवश्यकताबाट हामीले संसारलाई हेर्न, बुझ्न र बदल्न सिक्नुपर्छ।’

यी दुवै तथ्यले उच्च शिक्षालाई नयाँ तरिकाले हेर्न प्रेरित गर्छन्। अबको नेपालको उच्च शिक्षाले लिनुपर्ने बाटो यही हो। तर, सरकारको नीति त्यस्तो देखिएको छैन।

उच्च शिक्षाले विगतमा समाजमा भएका परिवर्तन र प्रगतिको परिचय दिनको लागि महत्त्वपूर्ण भूमिका खेल्छ। घटनाको सूक्ष्म अध्ययनबाट मात्र कुनै पनि क्रान्ति वा समयको लिपिबद्धता हुन्छ। आजका नयाँ पुस्तालाई देशको भविष्य निर्माण गर्ने बाटो भेट्टाउन प्रेरित गर्ने प्रमुख हतियार नै उच्च शिक्षा हो। यसलाई समाजको आन्तरिक सुधारको माध्यम बनाउन पहल गरिराख्नुपर्छ।

प्रकाशित मिति: : 2022-09-04 07:27:00

प्रतिकृया दिनुहोस्