प्रतिस्णा रेग्मी
काठमाडौं महानगरपालिकाले साता दिन अघिदेखि अवैध सरंचनाहरु हटाउन सुरु गरेको छ।
महानगरपालिकाका मेयर बालेन शाहको नेतृत्वमा काठमाडौं उपत्यका भित्रका सबै अवैध सरंचनाहरु हटाउन थालेकाे हाे।
अवैध रूपमा बनाइएका सरंचनाहरु हटाउन महानगरले ३५ दिने सूचना जारी गरेको थियाे। तर महानगरकाे सूचना वेवास्ता गरेपछि अवैध सरंचनाहरुमाथि डोजर चलाउन थालिएकाे हाे।
महानगरपालिकाले अवैध रूपमा बनाइएका संरचनाहरू भत्काएर अस्तव्यस्त बनेका पार्किङ क्षेत्र सपार्न थालेपछि बालेनकाे चाैतफी चर्चा हुन थालेकाे छ।
पार्टीका नेताहरुबाट दिक्क बनेर स्वतन्त्र उम्मेवदारलाई भोट दिएर जिताएका सर्वसाधारणले यतिबेला बालेनकाे 'वाहीवाही' गर्न थालेका छन्।
पछिल्लाे समय बालेनकाे काम देखेर खुसी भएका जनताहरूले अहिले भन्न थालेका छन्, 'वाह! मेयर हाेस् त बालेन जस्ताे'।
कसरी सुरु भयाे काठमाडौंको अवैध सरंचना हटाउने काम?
स्वतन्त्र उम्मेदवारी दिएका बालेनकाे काठमाडाैंलाई व्यवस्थित बनाउनु पहिलाे प्राथमिकता थियाे।
त्यतिमात्र हाेइन उनले फुटपाथ, पार्किङ लगायतका क्षेत्रहरुमा सुधार ल्याउने समेत बताएका थिए। साेही कारण उनले महानगरकाे अव्यवस्थित पार्किङ एरिया व्यवस्थित बनाउन थालेका हुन्।
अवैध रूपमा बनाइएका सरंचना हटाउन अल्टिमेटम दिँदा समेत व्यापारीहरूले अटेरी गरेपछि उनी स्वंयम मैदानमा उत्रिएका हुन्।
पछिल्लाे पटक नयाँ बानेश्वरकाे अल्फा बिटामा बनाइएका अवैध संरचना भत्काइएपछि मेयरले नक्सा बाेक्दै अवैध पसलहरू भत्काउन थालेका हुन्।
मेयर बालेनले सर्वसाधरणका लागि उठाएकाे कदम देखेर अरू नगरपालिकाले पनि उनलाई पछ्याउन थालेकाे छ।
भक्तपुर नगरपालिकाले पनि ३५ दिने सूचना जारी गर्दै अवैध सरंचना हटाउन चेतावनी दिएकाे छ।
त्यसैगरी पोखरा महानगरपालिकाले दुई पटक अवैध सरंचना हटाउन सूचना जारी गरिसकेकाे छ। साथै कीर्तिपुर नगरपालिकाले अवैध सरंचनामाथि डोजर थालिसकेकाे छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया