नासाको जेम्स वेब टेलिस्कोपमा किन ठोकिन्छ छुद्र ग्रह?

File photo
File photo

नासाले मे महिनामा संसारको सबैभन्दा ठूलो र शक्तिशाली स्पेस टेलिस्कोप जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लुएसटी)मा एक क्षुद्रग्रह ठोकिँदा ठूलो क्षति भएको जनाएको छ।

यो टेलिस्कोप युरोपेली स्पेस एजेन्सी (ईएसए) र क्यानेडेली अन्तरिक्ष निकाय (सीएसए)को सहकार्यमा नेसनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)ले निर्माण गरेको हो।

यो बहुमूल्य प्रविधिबाट बनेको छ। अन्तरिक्षमा यसअघि पहुँच नभएका घटनाक्रम र वस्तुस्थिति निरीक्षण गर्न अन्तरिक्ष टेलिस्कोपमा ठूलो ऐना राखिएको छ।

परियोजनाको दीर्घायुलाई लिएर चिन्ता उठाइएको छ। किनकी सन् २०२२ को मेमा क्षुद्रग्रह ठोकिँदा पहिले अनुमान गरेभन्दा टेलिस्कोपलाइ ठूलो क्षति भएको थियो।

स्थापनापछि वेब टेलिस्कोपमा ६वटा माइक्रोमेटियोराइटहरूले प्रहार गरिसकेका  छन् । त्यस्तै, पाँचवटा उल्कापिण्डले टेलिस्कोपमा नगण्य मात्रामा क्षति पुर्‍याएको र छैटौंले जेडब्लूएसटीलाई केही क्षति पुर्याएको छ।

उल्कापिण्डले कुनै एउटा प्यानलमा क्षति पुगेकोले यसले वेब टेलिस्कोपको तस्बीर  लिने क्षमतालाई असर नगर्ने बताइन्छ।

प्रकाशित मिति: : 2022-08-30 13:38:00

प्रतिकृया दिनुहोस्