भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ।
हरितालिका तीज विशेष गरी हिन्दु नारीहरूले मनाउँदै आएको एउटा महत्वपूर्ण सनातन पर्व हो। धार्मिक रूपमा तीजमा शिव -पार्वतीको पूजा गरी निराहार व्रत बसी भगवान शिवको आराधना गरिन्छ।