खोइ तीज ? ह्विस्कीले बगायो !

अनलाइनखबर

गीता आचार्य

हरितालिका तीज विशेष गरी हिन्दु नारीहरूले मनाउँदै आएको एउटा महत्वपूर्ण सनातन पर्व हो । यो पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाउने गरिन्छ ।

मुख्यतः नेपालमा मनाइने यो पर्व भारतका केही ठाउँलगायत हिन्दुहरूको बसोबास भएका अन्य मुलुकमा समेत मनाउने गरिन्छ ।

धार्मिक रूपमा तीजमा उमा–महेश्वरको पूजा गरी निराहार व्रत बसी भगवान शिवको आराधना गरिन्छ । नेपाली समाजमा परापूर्वकालदेखि नै तीजलाई विशेष महत्वको पर्वका रूपमा लिइन्छ ।

यस पर्वलाई पति–पत्नीबीचको सम्बन्धलाई अझ प्रगाढ र प्रेमिल बनाई उमा–महेश्वरको पूजाद्वारा पति–पत्नी एकअर्काका परिपूरक भएको प्रमाणित गर्ने, पति–पत्नीबीच माया एवम् सद्भाव बढाउने पर्व समेतका रूपमा तीजलाई लिइन्छ ।

 

 

प्रकाशित मिति: : 2022-08-30 06:15:00

प्रतिकृया दिनुहोस्