१४ वर्षीय छोराले गरे चिर्पट प्रहारबाट बुवाको हत्या

File photo
File photo

पाल्पामा छोराले आफ्नै बुवाको हत्या गरेका छन।

सामान्य घरायसी विवादमा छोराले बुवालाई काठको चिर्पट प्रहार गर्दा बुवाको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ।

जिल्लाको माथागढी गाउँपालिका ४ नेटा गाउँमा १४ वर्षीय बालकले ४५ वर्षीय बुवा तिल बहादुर दिसालाई काठको चिर्पट प्रहार गर्दा उनको घटनस्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए।

घटनाको बारेमा स्थानियले प्रहरीलाई जानकारी गराए लगतै माथागढी प्रहरी चौकीबाट प्रहरी टोलि खटिई बालकलाई नियन्त्रणमा लिएको छ।  घटनाको बारेमा थप अनुसन्धान गर्न जिल्लाबाट प्रहरी अधिकृत सहितको टोली घटनास्थलम खटिई अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिए।

शवको पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पा ल्याईएको छ।

प्रकाशित मिति: : 2022-08-28 13:24:00

प्रतिकृया दिनुहोस्