शाइन रेसुङ्गाको वित्तीय साक्षरता

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक पाल्पा शाखाले विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ।

सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत बैंकले जिल्लाको माथागढी गाउँपालिका १ चिदीपानीमा रहेको सौभाग्य माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो।

कार्यक्रममा रेसुङ्गा डेभलपमेण्ट बैंक पाल्पा शाखाका प्रबन्धक उपेन्द्र बस्यालले विद्यार्थीहरुलाई बैंकको महत्व, दैनिक जीवनमा बैंकिङ कारोबारका फाइदाहरु, भविष्यको योजना, बैंकबाट प्राप्त गरिने सेवा, सुविधा, बचत र यसका फाइदाहरु, कर्जा लिने प्रक्रिया, बैंकिङ क्षेत्रको विस्तारले अर्थतन्त्रमा पारेको प्रभाव लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए।

समयमै बैंकले विद्यार्थीलाई वित्तीय जानकारी दिएकोमा विद्यालयले खुसी व्यक्त गरेको छ। विद्यालय उमेरदेखि नै बालबालिकालाई वित्तीय ज्ञान, सीप अर्थात वित्तीय शिक्षा आवश्यक रहेकाले विद्यार्थीहरुमा वित्तीय जागरण गराउने उद्देश्यले बैंकले जिल्लामा साक्षरता कार्यक्रम गर्दै आएको छ।

घरमा वित्तीय विषयका बारेमा छलफल नहुने र विद्यालयमा समेत वित्तीय ज्ञान,सीपका बारेमा नपढाइने भएकाले विद्यार्थीहरुमा वित्तीय साक्षरता आवश्यक रहेकाले विद्यालयहरुमा वित्तीय साक्षरता कार्यक्रम गरिएको बैंकले जनाएको छ।

८४ वटा शाखा कार्यालय रहेको बैंकको, एक वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको छ। बैंकको लुम्बिनी प्रदेशमा मात्र ७१ वटा शाखा कार्यालयहरु रहेका छन।

प्रकाशित मिति: : 2022-08-28 12:00:00

प्रतिकृया दिनुहोस्