रिडिमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपालका चारधाम मध्येको एक रुरु क्षेत्रधाम रिडिमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

लायन्स क्लब अफ पाल्पा भैरबको आयोजनामा ऋषिकेश सेवा आश्रममा शिविर सञ्चालन भएको हो।

शिविरमा आश्रममा रहेका ३५ वृद्धवृद्धा र १० बटुक बालबालिका सहित ४५ जनाले  निशुल्क स्वास्थ्य सेवा लिएका छन। आश्रममा रहेका आश्रितलाई कुशे औंशी (बुवाको मुख हेर्ने) दिनको अवसरमा शिविर सञ्चालन गरिए थियो।

शिविरमा तानसेन नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक चन्द्रतारा बस्याल,सुमन बराल र अर्गली स्वास्थ्य चौकीका अहेव बृहस्पती पचभैया नेतृत्वकोे स्वास्थ्यकर्मीको टोलिले निशुल्क स्वास्थ्य परिक्षण गरि औषधी वितरण गरेको थियो।

परिवारबाट टाडिएर सेवा आश्रममा विगत ४० वर्ष देखी बस्नु भएकी गुल्मीको सन्धिर्खकी  ८१ वर्षी मनकला मरासिनिलले स्वास्थ्य चेक जाँच गराउन पाउँदा मन हलुङ्गो भएको बताइन्। सामान्य चेकअपको लागि घण्टौं लगाएर तानसेन, अर्गली देखि रिडि सम्म जानुपर्ने बाध्यता हटेको मरासिनिले बताइन्।

यस्तै १५ वर्ष देखि आश्रममै रहेकी रिब्दीकोट भैरबस्थानकी ७५ वर्षीय लक्ष्मी आचार्यले लामो समय पछि आश्रममै स्वास्थ्य समस्या राखेर चेकजाँच गरि औंषधी पाएको बताइन्। भएका छोराहरुले नहेर्दा आश्रममा आएर बस्न परे पनि बाहिरका छोराहरुले यसरी सेवा गरेको देख्दा खुशी लागेको उनले जानकारी दिइन्।

आश्रममा वृद्धहरुको निशुल्क स्वास्थ्य परिक्षण,औषधी वितरण गरिएको थियो। कार्यक्रममा ऋषिकेश मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईले स्वास्थ्य सेवा बाहिर रहेका आश्रितलाई यसरी सेवाको कार्यक्रमले धेरै राहात मिलेको बताए।

आश्रममा अभाव खड्की रहेको स्वास्थ्य परिक्षण जस्तो महत्वपुर्ण कार्यक्रमले आश्रितको दैनिकिलाई सजिलो बनाएको अध्यक्ष भट्टराईले जनाए।

कार्यक्रमका अध्यक्ष लायन्स क्लब अफ पाल्पा भैरबका प्रेसिडेन्ट सचिन विष्टले सेवा देखाउनका लागि भन्दा पनि साँच्चिकै सेवाग्राहीले महशुस गर्ने गरि वार्षीक कार्यक्रम अघि बढेको बताए। आश्रममा रहेका आश्रितलाई आफ्ना छोराछोरीको अभाव खड्कीन नदिन स्वास्थ्य शिविर जस्तै अन्य कार्यक्रमलाई समेत निरन्तरता दिने उनले बताए।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै क्लबका उपाध्यक्ष दिपक घिमिरेले आश्रम रहित आममबुवा अहिलेको आवश्यकता भएको भन्दै आमबुवालाई वृद्धाआश्रम बस्न बाध्य पारेका सन्तती असामाजिक प्राणी भएको बताए। अबको समय वृद्धाआश्रमबाट घर फर्काउने अभियानको सुरुवात गर्न आवश्यक रहेको भन्दै अब मानवीय चेतनाको विस्तार गर्न आवश्यक रहेको बताए।

कार्यक्रममा जिल्ला समन्वय पाल्पाकी सदस्य बसन्ता ज्ञवाली,रुरु सञ्चार डक कमका चुरामणी तिमिल्सेना, नेपाल टेलिभिजनका पाल्पा संवाददाता सुनिल कार्की, लायन्स क्लब अफ पाल्पा भैरबका सदस्य टिम लगायतको सहभागिता रहेको थियो।  कार्यक्रमको सञ्चालन क्लबका सचिब सुमन बस्यालले गरेका थिए।

शिविरमा अविक मेडिसिन सप्लार्यस प्रालि तानसेनले औषधी सहयोग गरेको थियो।

प्रकाशित मिति: : 2022-08-27 13:58:00

प्रतिकृया दिनुहोस्