हाम्रो शिर

Breaknlinks
Breaknlinks

सिमानामा भुइँ भासियो,
जानीजानी तुइन काटियो,
बग्यो कालीमा नेपाली वीर,
झुकिरहेछ हाम्रो शिर...

विस्तारवादको चपेटा, जंगे पिलर उड्यो,
काली पारिको भूमि,गाडी पनि गुड्यो,
नाकाबन्दीको षड्यत्र, अर्थतन्त्र हिँड्यो,
परतन्त्रको हैकम, नागरिकता पनि खुल्यो...

बग्यो कालीमा नेपाली वीर,
झुकिरहेछ हाम्रो शिर…

देश मास्ने योजना सहमतिमै जुट्यो,
संविधान, कानुन हाक्काहाकी टुट्यो,
गुटबन्दी, भागबन्डाको नौटङ्की र झेल, 
दाजुभाइ काटिने फिरङ्गीको खेल... 

बग्यो कालीमा नेपाली वीर,
झुकिरहेछ हाम्रो शिर...

रोजगारीले शिक्षा विदेशमै बित्यो,
सपनाको भ्रम, अपमानमै जित भो,
नैतिकताको भुमरी, विवेक शून्य भो,
किनारामा आफ्नै देश, विदेश हुने हो?

बग्यो कालीमा नेपाली वीर,
झुकिरहेछ हाम्रो शिर...

प्रकाशित मिति: : 2022-08-27 11:30:00

प्रतिकृया दिनुहोस्