सत्तारुढ गठबन्धनमा दलहरुले प्रतिनिधिसभाको सिट बाँडफाँटमा आ–आफ्नो दाबी पेश गरेका छन्।
धानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जसपा र जनमार्चाले सिटबारे आ–आफ्नो दाबी पेश गरेका हुन्।
कांग्रेसले १००, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिटदाबी गरेको कार्यदलका सदस्य हिमलाल पुरीले जानकारी दिए।