चुनावी चर्चासँगै जङ्गल पुग्याे पुनर्जागरण समूह

सरकारले मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन घोषणा गरेपछि राजनैतिक दलहरू निर्वाचन केन्द्रित भएका छन्। 

भर्खरै मात्र निर्वाचन आयोगमा दर्ता भएको पुनर्जागरण पार्टीका महामन्त्री, प्रवक्ता लगायत केन्द्रीय नेताहरू भने जङ्गल गएका छन्। 

महामन्त्री रवि किरण हमालको नेतृत्वमा केन्द्रिय नेताहरू शिवपुरीको जङ्गलतर्फ लागेका हुन्। 

प्रवक्ता सदिक्षा केसीलगायत केन्द्रिय सदस्यहरु अर्लिन घिमिरे, तुलसी भण्डारी र दर्जनभन्दा बढी नेताहरू छलफल गर्न जङ्गल पसेको बताइएको छ।

चुनावमा केन्द्रित हुनुपर्नेमा नेताहरू जङ्गलतिर लाग्नुलाई कसरी बुझ्ने भन्ने प्रश्नमा महामन्त्री हमाल भन्छन्,  पूर्वीय सभ्यतालाई हेर्ने हो भने ऋषिमुनि देखि दार्शनिकहरु प्राकृतिको काखमा ध्यान तपस्या गरेर, त्यही लिन भएर संसारलाई नयाँ संदेश दिएको हुन्। त्यसैलेहाम्रो मस्तिष्कलाई पुन जागृत गर्न जङ्गल आएका हौँ। 

निर्वाचनको प्रसङ्गमा महामन्त्री किरणले यो निर्वाचनलाई गालीग्लोजको प्रतिस्पर्धा, एकले अर्कालाई खुइल्याउने प्रतिस्पर्धा, एकले अर्कालाई पछार्ने र बदनाम गर्ने प्रतिस्पर्धाको संज्ञा दिएका छन्। 

महामन्त्री किरणको टिम पार्टीका दस्तावेज निर्माण कार्यमा लाग्ने प्रवक्ता सदिक्षा के.सीले बताइन्।


 

प्रकाशित मिति: : 2022-08-20 20:39:00

प्रतिकृया दिनुहोस्