एउटा विचारको ‘म’

दिनेश घिमिरे

विरूवा, भक्तपुर

एउटा सानो विचारको मलाई
कसैले जीवनको आकार सम्झन्छन्
कसैले जीवनको विकार सम्झन्छन्
कोही मलाई केही हो भनि भन्छन्
कोही मलाई केही बुझिन हो भन्छन्
एउटा विचारको मलाई के-के भन्छन्।

एउटा सानो विश्वासको मलाई
कोही विश्वासको उदाहरण भन्छन्
कोही अविश्वासी छ भनि भन्छन्
कुन्नि के मा हो के मा मेरो विश्वास
आफैँभित्र अनेकतामा रूमलिन्छ
एउटा विश्वासको मलाई के-के भन्छन्।

एउटा सानो मायालु बिम्ममा मलाई
कोही यथेष्ट मायाको दृष्टान्त भन्छन्
कोही मायाको विरूद्ध भाव देख्छन्
अनि दयाका आधारहरू देखाउँछन्
कुन्नि के मा हो फरक भावहरू देखिने
एउटा मायालु बिम्बमा के-के भन्छन्।

एउटा सानो विचारको विचरो मलाई
अनेक विचारहरूले कता पस्कन्छन्
कहिले आफ्नै निम्ति सजिलै बुझ्छन्
कहिले विविध भावहरूमा असरल्ल
समाजभरि अन्यौल हुनेगरी छाड्छन्
अनि आफैँभित्र अनेकन समयहरू
कहिले सुरू हुन्छन्, कहिले अन्त।।

प्रकाशित मिति: : 2022-08-20 15:28:00

प्रतिकृया दिनुहोस्