बिएल संवाददाता
नेपाल प्रेस युनियनले युनियन अध्यक्ष शिव लम्सालको भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गरी दुर्व्यवहार गरिएको जनाएको छ।
युनियन महासचिव दिलीप पौडेलले बिहीबार विज्ञप्ति निकालेर गत ३१ असारको साँझ ट्राफिक प्रहरीले अध्यक्ष लम्सालमाथि गरेको दुर्व्यवहारप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
अध्यक्ष लम्सालको नियोजित रुपमा मानमर्दन गर्ने गरी वास्तबिक घटनालाई अतिरन्जित गरेर भ्रम सृजना गर्न खोजिएको भन्दै युनियनले खेद व्यक्त गरेको छ।
‘काठमाडौँको नयाँ बानेश्वरमा बस्दै आउनु भएका अध्यक्ष लम्सालको निजी निवासमा छिरेर ट्राफिक प्रहरीले नियोजित रुपमा गरेको दुर्व्यवहार निन्दनीय छ । लम्सालको घर नजिकै रेष्टुरेन्ट अघि पार्किङ गरिएका सवारी साधनले सडकमा पुयाएको अवरोध हटाउँदा रेष्टुरेन्ट सन्चालकको उक्साहटमा ट्राफिक प्रहरी घरमा पुगेर अपमानित हुने व्यवहार गरेको हो। लम्सालको घरमा पुगेर व्यक्तिगत स्वतन्त्रताको हक हनन गर्दै भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गरी दुर्व्यवहार गरेको घटनाका बारेमा सत्यतथ्य छानविन गरी दोषीलाई कानुनी कारबाहीमा ल्याउन सम्बन्धित पक्षसँग युनियन जोडदार माग गर्दछ,’ महासचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया