विद्यार्थीको रोजाइमा लिबर्टी कलेज

उमेश थापा

काठमाडौं

काठमाडौँको अनामनगरमा अवस्थित लिबर्टी कलेज हाल बिबिए र बिएचएम पढ्न चाहने विद्यार्थीहरूको रोजाईमा पर्न थालेको छ।

सन् २००९ मा स्थापित उक्त कलेजले हालसम्म बीबीए अन्तर्गतका सातओटा ब्याचलाई अध्ययन पूरा गराई बजारमा पठाइसकेको छ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि सुरुवाती चरणमा बीबीए कार्यक्रम मात्र अध्यापन गराउँदै आएको उक्त कलेजले सन २०१७ बाट बीएचएम कार्यक्रमको समेत अध्यापन गराउँदै आएको छ। यस कलेजमा हाल ४५० जना विद्यार्थी अध्ययनरत रहेका छन्। 

बीबीए चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी सावित्री पहरी कलेजमा अनुभवी तथा मिलनसार शिक्षकहरूद्वारा पढाइने हुँदा आफू लिबर्टी कलेज पढेको बताउँछिन्।

‘लिबर्टी कलेज बीबीए  र बीएचएम गर्न चाहने विद्यार्थीहरूको लागि राम्रो छ।’ उनले भनिन् ,‘यस कलेजमा अनुभवी तथा मिलनसार शिक्षकहरूद्वारा पढाइ हुन्छ , जसमा पढाइलाई मात्र नभई खेलकुद, प्रस्तुतीकरण लगायतका अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीहरूलाई सहभागी गराई प्रतिभा प्रस्फुटनको अवसर प्रदान गरिन्छ।

यस्तै बीएचएम चौथो सेमेस्टरमा अध्ययनरत कुसुम श्रेष्ठ कलेजले पढाइका साथै व्यवहारिक ज्ञान सिकाउने हुँदा लिबर्टी कलेज पढेको बताउँछिन्।  

‘यस कलेज अरु कलेजहरु जस्तो छैन’,‘ कलेजले पढाइका साथै व्यवहारिक ज्ञानलाई समेत जोड दिएको छ। प्राय अरु कलेजले पढाउनमा मात्र जोड दिन्छन तर यहाँ पढाइका साथै सीप सिकाइमा समेत उत्तिकै जोड दिइन्छ। बिएचएम कार्यक्रमको प्रयोगात्मक कक्षा अत्यन्तै उत्कृष्ट छ, त्यसैले मलाई यही कलेज राम्रो लाग्छ’ उनले भनिन् ।   

कलेजमा वर्षौँ अनुभव भएका विज्ञहरूद्वारा पठनपाठन गराइने कलेजका प्रोगाम डाइरेक्टर प्रवेग जोशी बताउँछन्। 

‘यस कलेजमा वर्षौँ अनुभव भएका विज्ञद्वारा पढाइने गरिन्छ’ उनले  भने, ‘हामीले विद्यार्थीहरूलाई ऐकेडेमिक रूपले फिट गराएका छौँ र गुणस्तरीय शिक्षा प्रदान गरेका छौँ।’ 

यसैगरी लिबर्टी कलेजका पूर्वविद्यार्थीहररू अफिर्सस तथा पाँचतारे होटलका सेफ भएको उनको भनाइ छ।  

उनी भन्छन्, 'यस कलेजले धेरै विद्यार्थीहरूलाई उत्तीर्ण गराईसकेको छ। यहाँबाट पढेर गएका विद्यार्थीहरू कोही अफिर्सस भएका छन् भने कोही त  होटलका सेफ समेत भइसकेका छन्। हामीलाई विघार्थीहरू राम्रो ठाउँमा पुग्दा निकै नै गौरव लाग्छ। जोशीका अनुसार बीबीए बीएचएम पढ्नको लागि  लिबर्टी कलेज एकदमै उत्तम रहेको छ।' 

'हाम्रो कलेजमा बीएचएम प्राक्टिकल गराउने राजकुमार अधिकारी ३५ वर्ष भन्दा बढी अनुभवी तथा देशविदेशमा काम गरिसकेका सेफ हुनुहुन्छ ' उनले भने , ‘यति मात्र होइन विद्यार्थीहरूमा अतिरिक्त ज्ञान तथा सीप बढाउन स्पोर्ट्स विक, म्यानेजमेन्ट फेस्ट तथा इन्टर कलेज प्रोग्राम गराइने हुँदा विद्यार्थीहरूको लागि उत्तम छ।’

१३ वर्ष देखि विद्यार्थीहरुलाई सेवा दिँदै आएको कलेजमा विद्यार्थीको  अवस्थाअनुसार  छात्रवृति रहेको जोशी बताउँछन्। उनले थपे, 'आउने सेसनका लागि अहिले नै नयाँ विद्यार्थी २० जनाले यस कलेजमा भर्ना पनि गरिसके।'

‘हामीले विद्यार्थीको सहजताको लागी छात्रावृति कोटा छुट्याएका छौँ’  उनले भने,‘ छात्रवृतिको लागि ५ विधा रहेका छन्। जसमा निडबेस इस्कलरसिप, रुलर ऐरिया इस्कलरसिप, मार्जिनलाइज  कम्युनिटी इस्कलरसिप, डिजर्भिङ इस्कलरसिप र सेमेस्टर टपर गरी विभिन्न कोटा छात्रवृतिका लागि छुट्याएका छौँ।’  

यस्तै कलेजमा प्रशासनिक भूमिकामा १५ जना पूर्णकालीन कर्मचारी कार्यरत छन भने विभिन्न विषयका ४० जना आंशिक शिक्षक शिक्षिकाहरू रहेका छन्। 

लामो समय अध्यापन गराइसकेका तथा शैक्षिक हिसाबले अब्बल शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने हुनाले यस कलेजका विद्यार्थीहरूले हरेक सेमेस्टरमा राम्रो अङ्क प्राप्त गर्ने गरेको कलेजका प्राचार्य डा विश्वयुधिर पौडेल घर्ती बताउँछन्। 

'हामी विद्यार्थीको बहुआयामिक विकासका लागि विभिन्न विषयसँग सम्बन्धित एक्स्पर्ट ल्याएर थप शिक्षण समेत गराउछौँ। विद्यार्थीले शैक्षिक प्रमाण पत्रका साथै थप व्यवहारिक दक्षता समेत लिएर जाओस् भन्ने हाम्रो उदेश्य हाे' उनले भने। 

प्रकाशित मिति: : 2022-08-19 10:19:00

प्रतिकृया दिनुहोस्