निहारिका राजपुत प्रकरण: आरोपित शिवराज श्रेष्ठ पक्राउ

file photo
file photo

निहारिका राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। 

उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो। 

धनुषाकी निहारिका आफूमाथि बलात्कार भएर बच्चा जन्मिएको बताउँदै आएकी छन्। 

आरोपी शिवराज श्रेष्ठलाई कारबाहीको माग गर्दै सन्तानको डीएनए परीक्षणको माग गर्दै आएकी उनले केही दिनअघि मात्र राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गरेकी थिइन्।

प्रकाशित मिति: : 2022-08-16 20:38:00

प्रतिकृया दिनुहोस्