निर्वाचन क्षेत्र फेर्दै आएका प्रचण्डलाई चितवनमा पनि धोका हुने डर

उकेरा

दिपेन्द्र अधिकारी

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ०७४ सालमा निर्वाचित भएको क्षेत्र चितवन- ३ बाट निर्वाचन लड्ने बताइरहन्छन्। तर उनले अन्य निर्वाचन क्षेत्र पनि हेरिरहेका छन्।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा प्रचण्डले एमालेको सहयोगमा ४८ हजार २७६ मत ल्याएका थिए। उनका प्रतिद्वन्द्वी राप्रपाका विक्रम पाण्डेले कांग्रेसको सहयोगमा ३८ हजार ९३५ मत पाएका थिए।

चितवन- ३ मा भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिका पर्छ। स्थानीय तह निर्वाचनको परिणाम हेर्ने हो भने यो निर्वाचन क्षेत्रमा माओवादी कमजोर देखिन्छ।

प्रकाशित मिति: : 2022-08-13 15:55:00

प्रतिकृया दिनुहोस्