नेपालको पहिलो कम्प्युटर वैज्ञानिक हुन्, मुनीबहादुर शाक्य। जसले अमेरिकामा लाखौँ कमाउने अवसरसमेत त्यागेर नेपालमा संघर्ष गरे। पैसा कमाउने रहर कसलाई हुँदैन होला र तर शाक्य त्यस्ता व्यक्ति हुन्, जाे पैसा कमाउनभन्दा आफ्नाे देशमा केही गर्छु भन्ने साेच राख्थे।
सन् १९४२ मा ललितपुरको पाटनमा जन्मिएका शाक्य सानैदेखि पढाइमा अब्बल थिए। उनले प्रत्येक कक्षामा प्रथम स्थान हासिल गर्थे। ‘म सानैबाट पढ्नमा राम्रो थिएँ, कक्षामा प्रथम हुन्थेँ, मलाई अझ पढ्नमा भन्दा पनि नयाँ–नयाँ कुरा सिक्न एकदमै मन लाग्थ्याे, म नयाँ कुरामा एकदमै जिज्ञासा राख्थे,’ शाक्यले बिएल नेपाली सेवासँगकाे कुराकानीमा भने।
हुने विरुवाको चिल्लो पात भने जस्तै उनी नयाँ कुरा थाहा पाउने बित्तिकै खोज/अनुसन्धान गर्न दिन रात नभनी जुट्थे। मिहेनत गर्ने कुराबाट उनी कहिलै पछाडि हटेनन्।
पाटनमा हुर्किएका उनले निक्कै राम्राे अङ्क ल्याएर एस.एल.सी उत्तीर्ण गरे। एस.एस.सी.पछि इन्जिनियरिङमा चासाे राखेका उनी आइएसी पढ्न त्रिचन्द्र क्याम्पसमा भर्ना भए। ‘त्यो बेला त्रिचन्द्र कलेज नेपालको एउटै र सबैभन्दा पहिलो इन्जिनियरिङ पढाउने कलेज थियो, म त्यहीँ भर्ना भएर पढ्न थालेँ,’ शाक्यले भने।
पढाइसँगै खाेज/अनुसन्धानमा सक्रिय उनी तबला बजाउनमा पनि माहिर थिए। उनले बजाएकाे तबला सुनेपछि आहा नभने कोही पनि थिएन। उनलाई उनी पढाइ रहेका त्रिचन्द्र कलेजका एक शिक्षकले दैनिक एक घण्टा तबला बजाउन लगाउथे। उनले बजाएकाे तबला शिक्षकले धेरै मन पराउथे, त्यसैले दैनिक बेलुका एक घण्टा तबला बजाउन लगाउथे।
उनले आइएससीकाे पढाइ सकेपछि भारत जाने याेजना बनाए। सन १९५७/५८ तिर भारतको कोलकत्तामा रेडियो इन्जिनियरिङ पढ्नलाई भर्ना भए, उनी। उनलाई त्यहाँ पुगेपछि एउटै कुराको पिरले सताइरह्याे, पढाइ खर्च कसरी जुटाउने ? त्यतिबेला उनकाे परिवारकाे स्थित राम्राे थिएन। ‘मेराे चप्पल लाउनेसमेत हौसियत थिएन। तर, त्यहाँ एनुअल इन्डियन क्लासका थुप्रै साथीहरु भेट भए। त्यसपछि आफैँले पढेको रेडियो इन्जिनिरिङ कम्पनीमा काम गर्न मौका पाएँ।’ दर्जनाैँले त्याे जागिरकाे लागि अन्तर्वार्ता दिए पनि उनकाे नाम पहिलाे स्थानमा पर्याे। त्यतिबेला उनकाे तारिफ धेरैले गरेका थिए।
त्यतिबेला थोरै पैसामा पनि धेरै काम गर्न सकिन्थ्याे, त्यतिबेला पैसाकाे महत्व निक्कै थियाे। उनले जागिरबाट आउने तीन सय रूपैयाँ सबै खर्च कटाएर बचत गर्न समेत सक्थे।
शाक्य भारतमा पढाइ सकेपछि नेपाल फर्किए, भारतमा राम्राे पढेर आएकाे हुनाले उनलाई नेपालमा जागिर पाउन मुश्किल हुने कुरा भएन। तर, पनि उनकाे पढाइप्रतिकाे प्यास मेटिएकाे थिएन, फेरि माइक्राेसफ्ट डेभलाेपर विषय अध्ययनकाे लागि बेलायत गए। पढाइमा बाल्यकालमा जसरी चमत्कार गरेका थिए, भारतमा जति मिहेनत गरेका थिए बेलायतमा पनि उनले त्यसलाई निरन्तारता दिए। त्यसैले उनलाई बेलायतमा कम्प्युटर सम्बन्धी काम सिक्न धेरै समय लागेन, यहाँकाे पढाइ छिट्टै सकेर नेपाल फर्किए।
उनले नेपाल आएपछि समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस)मा चिफ इन्जिनियरकाे रूपमा काम गर्ने माैका पाए। त्यतिबेला उनले राससमा धेरै परिवर्तन गर्न सफल भए। तर, पनि पढाइमा अझै केही अपुग भएकाे जस्ताे लागेर उनले अध्ययनकाे लागि फ्रान्स जाने साेच बनाए। कम्प्युटर सम्बन्धी धेरै कुराकाे अध्ययन गरे पनि उनले पहिलाे पटक फ्रान्स पुगरै हाे, कम्प्युटर देखेका। ‘मैले कम्प्युटरको अध्ययन धेरै तिरबाट प्राप्त गरेकाे थिएँ तर जिन्दगीमा पहिलो पटक कम्प्युटर भने फ्रान्स पुगेर देखेको हो,’ उनले भने।
फ्रान्समा अध्ययन गरिरहेकै बेला उनमा आफ्नै देश नेपालमा फर्किएर कम्प्युटर बनाउने र नेपालकाे उत्पादन विश्व बजारमा चिनाउने हुटहुटी चल्याे। त्यसैले उनी नेपाल फर्किए तर नेपाल जस्ताे देशमा उनकाे सपना पूरा हुनु फलामकाे चुउरा चपाउनु सरह थियाे। ‘मैले सुरुमा कमप्युटर बनाउँछु भन्दा ‘यहाँ सियो त बन्दै के हो कम्प्युटर भनेको ?’ भनेर उनलाई बारम्बार फर्काइयाे। उनले कम्प्युटरकाे तालिम प्राप्त गर्ने दुई वर्ष संघर्ष गर्नु पर्याे।
उनले लाखौँ प्रयास गरेर सन १९८३ मा नेपाल सरकारबाट लाइसेन्स प्राप्त गरे। उनले लाइसेन्स प्राप्त गरेकाे कम्पनी एच.टेक प्रा.लि. नेपालकाे पहिलाे कम्प्युटर बनाउने कम्पनी हाे। ‘मैले एच. टेक. कम्पनीमा जीवनको सबै कमाइ लगानी गरेँ। मैले मेरो आफ्नाे पैसा ४ करोड हालेर उक्त कम्पनीको सुरूवात गरेँ। मलाई त्यसबेल पनि नेपाल सरकारबाट एक पैसाको पनि सहयोग मिलेन,’ उनले भने।
त्यति मात्र हाेइन उनले नै हाे, पहिलाे पटक किबाेर्डमा देवनागरी फन्ट बनाएका। ‘मलाई देवनागरी फन्ट हाल्न एकदमै मुश्किल भयाे, मैले धेरै मिहेनत गरेर फन्ट हालेँ,’ उनले भने। त्यतिबेला उनकाे कम्पनीमा धेरे मानिसहरू कार्यरत थिए।
उनी नेपालमा मात्रै हाेइन विश्वमा नै राम्राे छबि बनाउन सफल भएका छन्। त्यतिबेला पनि अमेरिका, चीन, जापान लगायत देशका प्रतिष्ठित पत्रिकाहरूले उनकाे काम र नेपालबारे समाचारहरू छाप्ने गर्थे। ‘मैले कम्प्युटर बनाउँछु भन्ने थाहा पाएर दुई जना चिनियाँहरू हेर्न आएका थिए। मैले त उनीहरू मेराे काम हेर्न मात्रै आएका हाेलान भनेर साेचेकाे थिएँ। तर, उनीहरू त पत्रकार रहिछन्, मेराेबारे समाचार पाे लेखेछन्,’ उनले भने। त्यतिबेला उनीबारे लेख्ने त्याे पत्रिका विश्वका ८८ वटा देशमा जान्थ्याे। आफ्नाे कर्मबाट पाएकाे सबैभन्दा ठुलाे खुसी यही रहेकाे उनी बताउँछन्।
शाक्यले नेपालमा कम्प्युटर सम्बन्धी धेरै काम गरेका छन्। तर, तत्कालीन अवस्थामा राज्यले उनकाे प्रतिभाकाे कदर गर्न सकेन, नेपालमा उनलाई नेपालका वातावरणकाे सिर्जना भएन। तथापि, उनले गरेकाे याेगदानले नेपालकाे प्राविधिक क्षेत्रमा एउटा इट्टा थप्ने काम गरेकाे छ। साेही बापत उनले केही सम्मान तथा पुरस्कारहरू समेत पाएका छन्।
क्याप्सनमा भिडियो सहित भनेर भिडियो चाहीँ खोई ?