प्रदेशमा भीआईपीको गाडी कुदाउने एक्ला गुरु !

लोकान्तर

उत्तम पोखरेल

सवारीसाधन चलाउने चालकको काम संवेदनशील हुन्छ । त्यसमा पनि विशिष्ट पदधारण गरेका व्यक्तित्व सवार हुने सवारीसाधन चलाउने चालकका लागि विशेष अनुशासन र संवेदनशीलता हुन्छन् ।

१ नम्बर प्रदेशमा भीआईपी मध्येकै पद मुख्यमन्त्रीको गाडी कुदाउने एक्ला चालक (गुरु) हुन् गणेश माझी । उनले जागिर खाएको २४ वर्ष बित्यो । २४ वर्षमध्ये उनले धेरै समय भीआईपीलाई यात्रा गराएका छन् । 

‘धेरै भीआईपीहरू ड्युटीमा खटिन मान्दैनन्, नियम कडा हुन्छ । उहाँहरूले गाडीभित्र गरेका कुरा कसैलाई पनि सुनाउनु हुँदैन । कहाँ जाने भनेर पूर्व जानकारी लिएको हुनुपर्छ । गाडी कुदाएको बेलामा गाडीको स्टेरिङमा भन्दा अन्यत्र ध्यान दिन पाइँदैन । केही भइहाल्यो भने त्यसको दोष जति सबै ड्राइभरलाई आउँछ,’ गणेशले भने ।

प्रकाशित मिति: : 2022-08-13 12:00:00

प्रतिकृया दिनुहोस्