प्यालेस्टिनी बालबालिकाको हत्याप्रति चिन्ता

बिएल संवाददाता

प्यालेस्टिनी
(MEE)

इजरायली सेनाले कब्जा गरेको क्षेत्र र प्यालेस्टाइनमा भएका घटनाहरूमा हालसम्म करिब ४० प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख उच्चायुक्त मिशेल बाचेलेटले एक विज्ञप्तिमा बताएका छन्।

‘द्वन्द्वको क्रममा कुनै पनि बालबालिकालाई चोट पुर्याउनु गहिरो चिन्ताजनक कुरा हो। यसवर्ष धेरै बालबालिकाको हत्या र अपाङ्ग समेत पारिएको अव्यावहारिक हो,’ ब्याचेलेटले भनेका छन्।

गत हप्ता मात्रै कब्जा गरिएको प्यालेस्टाइन क्षेत्रमा १९ प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको थियो। यस वर्षको सुरूदेखि हालसम्म बालबालिकाको मृत्यु हुनेको संख्या ३७ पुगेको छ। 


अलाको रगत अझै सुकेको छैनः हवाई आक्रमणमा मारिएकी पाँच वर्षे 'नानी'को कथा


गत साताको अन्त्यमा इजरायली सेनाले गाजामा गरेको आक्रमणमा १७ जना बालबालिकाको मृत्यु भएको थियो। मङ्गलबार कब्जा गरिएको वेस्ट बैंकमा इजरायली कारबाहीमा थप दुई बालबालिका मारिएका छन्।

गाजामा इजरायली आक्रमणमा भारी सङ्ख्या सर्वसाधारण माएिका संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुखले बताएका छन्।

नागरिकहरूलाई मार्ने, घाइते पार्ने वा नागरिकका वस्तुहरूलाई क्षति पुर्याउने अन्तर्राष्ट्रिय मानवीय कानूनमा निषेध गरिएको छ।

शुक्रबारदेखि आइतवारसम्मको तीन दिनको आक्रमणमा मारिएका ४८ प्यालेस्टाइनीहरूमध्ये कम्तीमा २२ जना सर्वसाधारण रहेका र ती मध्ये  १७ बालबालिका र चार महिला भएका संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले पुष्टि गरेको  छ।

इजरायली आक्रमणमा १५१ बालबालिका, ५८ महिला र १९ वृद्धवृद्धासहित सर्वसाधारण नागरिक घाइते भएका छन्।

प्रकाशित मिति: : 2022-08-13 06:24:00

प्रतिकृया दिनुहोस्