गैरदलीय उम्मेदवारले जित्ने तीन आधार

अनलाइनखबर

मिलन मनुवा दाहाल

नेपाल सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ । चुनाव आवधिक प्रक्रिया हो । त्यसकारण, हरेक पाँच वर्षमा चुनाव आउनु नयाँ कुरा होइन ।

तर, आमनिर्वाचन २०७९ को फरक परिदृश्य देखा पर्दैछ, गैरदलीय उम्मेदवारहरूको कारणले । गत स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारहरूको सफलताले आगामी चुनावमा धेरै जना स्वतन्त्र उम्मेदवार खडा हुन हौसिएका छन् ।

स्वतन्त्र भनिए तापनि चुनावमा उत्रिएको कुनै व्यक्तिको पछाडि उसका समर्थकहरूको दलबल हुन्छ । ऊ आफैं सामाजिक बन्धनमा बाँधिएको हुन्छ । त्यसैले स्वतन्त्र भन्नु भन्दा गैरदलीय उम्मेदवार भन्नु उपयुक्त हुनेछ ।

त्यसो त, स्वतन्त्रको लोकप्रियतालाई हतारमा छोप्ने दाउमा स्वतन्त्र नामधारी नयाँ पार्टी नै दर्ता भएको छ । जेहोस् यी आफूलाई स्वतन्त्र दाबी गर्ने गैरदलीय उम्मेदवारहरूले आमनिर्वाचन २०७९ मा जित्न सक्ने तीन बलिया आधार छन् ।

प्रकाशित मिति: : 2022-08-07 16:36:00

प्रतिकृया दिनुहोस्