वीरमा अनियमितता: २० करोडको मशिन किन्न ४० करोड, १८० दिनमा हुनुपर्ने आपूर्ति ५ वर्षसम्म भएन

लोकान्तर

अजय अनुरागी
File photo
File photo

झन्डै ४० करोड रुपैयाँको उपकरण सम्झौता भएको १८० दिनभित्र आपूर्ति गर्ने भन्दै ठेक्का पाएको 'लाइफलाइन ट्रेड इन्टरनेसनल प्रालि'ले ५ वर्ष बितिसक्दा आपूर्ति गर्न सकेको छैन ।

काठमाडौंको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा क्यान्सर रोगको उपचारका लागि आवश्यक पर्ने 'टोमोथेरापी मशिन' र 'न्युरो सिटी औजार' खरिदका लागि 'लाइफलाइन ट्रेड इन्टरनेसनल'ले २०७४ असार २९ गते ठेक्का सम्झौता गरेको थियो । मूल्य अभिवृद्धि कर 'भ्याट' बाहेक ३९ करोड ९० लाख ८२ हजार ४३० रुपैयाँमा टोमोथेरापी मशिन तथा न्युरो सिटी औजार उपकरण आपूर्ति गर्ने गरी सम्झौता गरिएको थियो ।

सम्झौता भएको १८० दिनभित्र ती सबै उपकरण आपूर्ति गरी जडान समेत गरिदिने सम्झौता गरेको आपूर्तिकर्ता लाइफलाइनले ५ वर्षमा पनि सम्झौता अनुसारको कार्य सम्पन्न गर्न सकेको छैन । उक्त कम्पनीलाई हालसम्म २३ करोड २६ लाख ९१ हजार २०० रुपैयाँ एलसीमार्फत भुक्तानी गरिसकिएको छ तर उपकरण भने अस्पतालमा हालसम्म पनि जडान हुनसकेको छैन ।

प्रकाशित मिति: : 2022-08-05 14:53:00

प्रतिकृया दिनुहोस्