दक्ष जनशक्तिको उत्पादन केन्द्र : पिपल्स् क्याम्पस (भिडियाेसहित)

सुनिता लामा

काठमाडौं

काठमाडाैँ उपत्यकाका दर्जनौँ बैंकमा कार्यरत दर्जनौँ बैंक अफिसरहरु, जनप्रतिनिधिहरु, विद्यालय तथा कलेजका प्रधानाध्यापक/क्याम्पस प्रमुख, स्वाथ्यविज्ञ तथा लब्ध प्रतिष्ठित ब्यक्तित्वहरुको विद्यार्थीकाल हेर्ने हो भने उनीहरु गौरवताका साथ आफू पिपल्स क्याम्पसका भूतपूर्व विद्यार्थी रहेको बताउँछन्। आफ्नो स्थापना कालदेखि मुलुकभित्र र बाहिर आवश्यक पर्ने यस्ता उत्कृष्ट र दक्ष शैक्षिक जनशक्तिहरु उत्पादन गर्ने कार्यमा अझै पनि तल्लिन रहेको पिपल्स क्याम्पस अहिले उच्च प्रविधियुक्त सीप र दक्षता भएका जनशक्तिहरुको उत्पादन केन्द्रको रुपमा स्थापित हुन सफल भइरहेको छ।

काठमाडाैँ उपत्यकाका सामुदायिक क्याम्पसहरुमध्ये सबैभन्दा जेठो पिपल्स क्याम्पसले शैक्षिक क्षेत्रमा मात्र नभई प्राविधिक, व्यावसायिक, रोजगारमुलक र नागरिकको दैनिक जीवन भोगाइसँग सम्बन्धित आवश्यक सीपमुलक शिक्षा प्रदान गर्दै विद्यार्थीहरुलार्ई विश्वबजारमा टिक्न र बिक्न सक्ने योग्य जनशक्तिहरु उत्पादत गर्दै आइरहेको छ।

दक्ष, लामो समयको शिक्षण अनुभव, विषयविज्ञता, प्रविधिमैत्री/विद्यार्थीमैत्री कक्षाकोठा र वातावरण, विद्यार्थी केन्द्रित शिक्षण पद्धति, समय सापेक्ष परिमार्जित र पष्किृत पाठयक्रम र अनुसन्धानात्मक, रचनात्मक र गुणात्मक शिक्षालाई सधैं प्राथमिकतामा राखेको पिपल्स क्याम्पसले ४०औँ वर्षको यात्रा तय गरिसक्दा आफ्नो प्रतिष्ठा र साखलाई अझै धेरै परिमार्जित र परिष्कृत गर्दै लैजाने योजनाहरु तर्जुमा गरिरहेको छ।

वि.सं. २०३८ सालमा वरिष्ठ शिक्षाविदहरु सहितको संस्थापक सदस्यहरु स्व.तिर्थरत्न बज्राचार्य, स्व.लक्ष्मीदास मानन्धर, स्व.भुवनमान सिंह, पियुषबहादुर अमात्य, मंगलदास प्रधानाङ्ग र सूर्यबहादुर शाक्यको संयुक्त सहकार्य र सक्रियतामा स्थापित पिपल्स उपत्यकाकै जेठो सामुदायिक क्याम्पस मात्र होइन तर यहाँबाट उत्पादित दक्ष जनशक्तिहरु पनि सबै क्षेत्रमा जेठो नै साबित भइसकेको छ।

काठमाडाैँको मुख्य पर्यटकीयस्थल ठमेलको सेरोफेरो क्षेत्रपाटीस्थित पकनाजोलमा अवस्थित रहेको पिपल्स क्याम्पसमा हाल करिब १२०० विद्यार्थीहरु अध्ययनरत छन्।

निम्नवर्ग, मध्यमवर्ग र उच्चवर्गका सम्पूर्ण विद्यार्थीहरुको लागि न्यूनतम शुल्क, सर्वसुलभ छात्रवृति, अध्ययन अध्यापनको निरन्तर निरीक्षण/अनुगमन, मासिक/त्रैमासिक/वार्षिक परीक्षा प्रणली, शिक्षकहरुलाई प्रशिक्षणमार्फत् गरिने अद्यावधिकरण र शिक्षक/विद्यार्थीहरुको वृद्धि, विकास तथा प्रवर्धनको निम्ति दिइने पुर्नताजगी कार्यक्रमहरुमार्फत् पनि पिपल्सले आफूलाई हरेक क्षेत्रमा अग्रस्थानमा राख्दै आइरहेको छ।

कक्षा ११/१२ मा व्यवस्थापन, स्नातक तहमा बिबिएस, बिबिए, बिबिएम र स्नातकोत्तरमा एमबिएस तहको अध्यापन गराउँदै आइरहेको पिपल्सले ‘सम्पूर्णलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा’ भन्ने उद्देश्यलाई सधैँ आत्मसात गर्दै आइरहेको छ। पाठयक्रमका अलावा विद्यार्थीहरुको सर्वाङ्गीण वृद्धि विकासका लागि आवश्यक पर्ने खेलकुद, शैक्षिक सेमिनार, सांस्कृतिक कार्यक्रमहरु, सामाजिक क्रियाकलापहरु, प्रतिस्पर्धात्मक शैक्षिक गतिविधिहरुलगायत विभिन्न अतिरिक्त क्रियाकलापहरुको आयोजनालाई पनि उत्तिकै प्राथमिकतामा राख्दै आइरहेको छ।

भर्खरै मात्र क्याम्पस प्रमुखमा नवनियुक्त भएका मनोज कुँवर जो लामो समयसम्म पिपल्समा प्लस टु कोअर्डिनेटर र सहायक क्याम्पस प्रमुखको रुपमा संगालेका अनुभवलाई क्याम्पसको उन्नतीमा सदुपयोग गर्ने अठोट र युवा जोस/जाँगरका साथ सहायक क्याम्पस प्रमुखमा नियुक्त भएका युवा रोजेस पण्डित लगायतको चुस्त र सक्रिय टिम पिपल्सको एउटा प्रमुख विशेषता हो भने राष्ट्रिय परीक्षा बोर्ड र त्रिविले तोकिदिएको मापदण्डबाहेक पनि अन्य थुप्रै शीर्षकमा उपलब्ध गराउने पूर्ण तथा आशिंक छात्रवृत्ति यसको अर्को आकर्षणको केन्द्र हो।

प्रत्येक विद्यार्थीहरुको शैक्षिक उन्नती, प्रगती तथा वृद्धि विकासका निम्ति आवश्यक पर्ने हरेक पूर्वाधारहरुको उपलब्धतालाई आगामी दिनहरुमा अझै समयसापेक्ष परिमार्जित र अद्यावधिक गर्दै आफूलाई सदियौँसम्म पनि अब्बल र दक्ष साबित गर्दै सम्पूर्ण समुदाय, अभिभावक तथा विद्यार्थीहरुको प्याारो र दक्ष जनशक्ति उत्पादनको केन्द्रको रुपमा पिपल्स क्याम्पस सफल रहने कुरामा कुनै दुई मत रहने छैन।

प्रकाशित मिति: : 2022-08-04 19:58:00

प्रतिकृया दिनुहोस्