प्रदेश सांसदका लागि अधिवक्ता थापाको अग्रसरता 

मिलन के राउत

उर्लाबारी
File Photo
File Photo

नेपाली राजनीतिमा कुनै ‘अग्राख’ पलाएन भने आगामी मंसिरमा आम चुनाव हुने निश्चित छ। आसन्न चुनावकै तयारी स्वरुप अधिवक्ता फडिन्द्र थापाले उम्मेद्वार बन्ने सुुर कसेका छन्। नेपाली कांग्रेसको ‘परम्परागत गढ’ मानिने मोरङको क्षेत्र नम्बर २ को प्रदेश ‘क’बाट उम्मेद्वार हुने थापाको अभिलाषा छ। 

२०७४ को आम चुनावमा देशैभर वामलहर आइरहँदा मोरङ २ मा कांग्रेसजनले चारतारे झण्डा फहर्याउन सफल बने। संघीय निर्वाचन क्षेत्रमा मिनेन्द्र रिजाल र प्रदेश ‘क’मा शिवनारायण सिंहले शानदार ढंगमा चुनाव जिते। त्यसअघिको स्थानीय तह चुनावमा सो निर्वाचन क्षेत्रका रतुवामाई र सुनवर्षी नगरपालिकामा पनि नेपाली कांग्रेस विजयी बन्यो।

हालैको स्थानीय चुनावमा भने सुनवर्षी गुमाएपनि रतुवामाई नगरपालिकामा कांग्रेसले आफ्नो दबदबा कायमै राखेको छ। विगतमा गिरिजाप्रसाद कोइराला, आमोद उपाध्यायजस्ता हस्तिले चुनाव जित्ने गरेको हालको मोरङ २ मा विरासतलाई कायमै राख्नुपर्ने कांग्रेसजनमा चुनौती छ। कांग्रेसको विरासत ढल्न नदिन आफु अग्रसर भएको थापा बताछन्।

अर्थात पार्टीले योगदानको कदर स्वरुप आफुलाई उम्मेद्वार बनाउनुपर्नेमा थापाको जोड छ। नेपाली कांग्रेस जमेको पोखरीजस्तो भएको छ, जहाँ नवीन विचार र दृष्टिकोण नेतृत्वबाट निःसृत हुने सम्भावना नै समाप्त भएको अधिवक्ता थापा बताउछन्। ‘देशको राजनीतिक अवस्थाले कांग्रेस फेरि एकपटक लोकतन्त्र रक्षार्थ गतिशील र ऊर्जावान् हुनुपर्नेछ’ उनी भन्छन् –यस्तो अवस्था सिर्जना गर्न आसन्न चुनाव अवसर भएर आएको छ।

मोरङको रतुवामाई १० निवासी थापा विद्यार्थी आन्दोलन हुँदै कांग्रेस राजनीतिमा समर्पित भएका हुन्। कांग्रेस कार्यकर्ताकै भुमिकामा रहँदा विभिन्न क्रान्तिकारी र नवीन काम गरेर चर्चामा आइरहने व्यक्ति हुन्, फडिन्द्र थापा। उबेला निर्वाचन क्षेत्रमा गिरिजाबाबुको ‘जानपहिचान’का कार्यकर्तामा दरिन्थे उनी। 

कांग्रेसका हरेक कार्यक्रम र आन्दोलनमा अग्रपंक्तिमा रहेर खट्ने उनी अहिले आफूमाथि अन्याय नहुने बताइरहेका छन्। नेपाली कांग्रेसले दक्षिण–पुर्वी मोरङको नेतृत्वका लागि आफूलाई अगाडि सार्नेमा विश्वस्त रहेका छन्। थापा पेशाले कानुन व्यवसायी रहेपनि राजनीतिक क्षेत्रमा उर्जाशिल र कर्मठ छवि बनाएका छन्।

डा. सुनिल शर्मा, डा. भुपेन्द्र बस्नेत, दुर्गा प्रसाईलगायत उनका सहपाठी हुन्। प्रभावशाली व्यक्तिहरुसंग संगत भएका थापाले त्यो सम्बन्धलाई जनहितमा जोड्न सफल भएका छन्। विमारी र असहायको सहयोगमा कुनै कसर बाँकी राखेका छैनन्। राम्रो काम गरेर पहिचान बनाएको र रतुवामाईलगायत दक्षिणी मोरङमा थापाको दरिलो प्रभाव रहेको उनलाई जान्नेहरु बताउछन्।

स्थानीय ठकठके स्कुल इटहराबाट प्रारम्भिक शिक्षा सुरु गरेका थापाले कक्षा ६ देखि ८ सम्म सरस्वती मावि इटहरा, ९ देखि एसएलसीसम्म सनपकुवा मावि उर्लाबारी मंगलबारेबाट र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेका हुन्। 

कांग्रेस नेताहरु शेखर कोइराला, मीन विश्वकर्मा, गगन थापा, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसीलगायत संग आसन्न चुनावको जोडघटाउमा विमर्श गरिरहेको बताउने थापा मोरङ १ ‘क’ प्रदेशसभामा आफ्नो उम्मेद्वारीको सशक्त दाबी रहेको सुनाउछन्।

प्रकाशित मिति: : 2022-08-02 16:44:00

प्रतिकृया दिनुहोस्