के साङ्घाई कोअपरेसनमा अपग्रेड होला नेपालको स्टाटस्?

पहिलोपोष्ट

विधुर ढकाल

अन्तरसरकारी अन्तर्राष्ट्रिय संगठन सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) मा नेपाल पर्यवेक्षक मुलुकमा स्तरोन्नती हुने भएको छ।

उज्वेकिस्तानको राजधानी तास्केन्तमा सम्पन्न एससीओको विदेशमन्त्रीस्तरीय बैठकले संगठनको विस्तारसम्बन्धी योजनालाई पास गर्दै विभिन्न मुलुकहरुबाट पेश भएका निवेदनमाथि निर्णय गरेको थियो।

मन्त्रीहरुले संगठनको सदस्य, पर्यवेक्षक र संवाद साझेदार राष्ट्रको रुपमा सहभागी हुनका लागि पेश भएका निवेदनको समिक्षा गरेका थिए।

'हामीले यस विषयमा महत्त्वपूर्ण प्रगति हासिल गरेका छौँ,' बैठकपछि उज्वेकिस्तानका कार्यवाहक विदेशमन्त्री भ्लादिमिर नोरोभले भनेका छन्, 'आगामी सेप्टेम्बरमा समरकाण्डमा आयोजना हुने एससीओको सम्मेलनका क्रममा इरानलाई पूर्ण सदस्यताको बाटो खोल्ने गरी प्रतिबद्धतासम्बन्धी पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ।'

प्रकाशित मिति: : 2022-08-01 17:31:00

प्रतिकृया दिनुहोस्