उत्कृष्टताको प्रतीक सेन्ट लरेन्स् (भिडियाेसहित)

सुनिता लामा

काठमाडौं

विश्व एक्काइसोँ शताब्दिको उत्तरार्धमा घुमिरहँदा संसारका हरेक क्षेत्रमा आवश्यक पर्ने प्रविधिमुखी, सीपयुक्त, सभ्य र दक्ष जनशक्तिको उच्च माग बढ्दै गइरहेको वर्तमान अवस्थामा काठमाडाैँकाे चाबहिलस्थित सेन्ट लरेन्स कलेजले यो माग आपूर्तिको निम्ति एउटा प्रमुख भूमिका खेलिरहेको छ।

वि. सं. २०५४ सालमा स्थापित सेन्ट लरेन्स कलेजले आफ्नो २५औँ वर्षगाँठको रजत महोत्सव मनाइसक्दा यहाँबाट उत्पादित योग्य, दक्ष र सीपयुक्त जनशक्तिहरु नेपालमा मात्र सिमित नभई विश्वका अन्य मुलुकमा समेत एक सफल र असल नागरिकको रुपमा स्थापित हुन सफल भइसकेका छन्।

सभ्य, शिक्षित र सीपयुक्त मानव संशाधनको बढदो माग धान्न मुश्किल परिरहेको वर्तमान समयमा सेन्ट लरेन्सले नेपाली माटोलाई मात्र आवश्यक पर्ने दक्ष जनशक्ति नभई विश्व समाजकै विकास, प्रवर्धन र सम्बन्धनमा प्रमुख भूमिका निर्वाह गर्न शिक्षित र सभ्य नागरिकको उत्पादनमा विगत लामो समयदेखि आफूलाई अग्रपंक्तिमा राख्दै आइरहेको छ।

कक्षा नर्सरीदेखि ११/१२ र उच्चशिक्षा अन्तर्गत स्नातक तथा स्नातकोत्तर तहमा विश्व समाजमा टिक्न र बिक्न सक्ने व्यवसायिक, प्राविधिक, रोजगारमुलक र सीपमुलक संकाय तथा विषयहरुमा अध्यापन गराउँदै आइरहेको सेन्ट लरेन्स आज सम्पूर्ण अभिभावक, समुदाय र विद्यार्थीहरुको पनि पहिलो रोजाइ बन्न सफल भएको छ।

पाठयक्रमको शिक्षा र विषयले मात्र आजको युवा पिँढिलाई दक्ष र योग्य बनाउन असम्भव भएकोले त्यसलाई प्रविधिसँग जोडी सीपमुलक सिद्धान्त र शिक्षणशैलीमा ढालेर प्रत्येक विद्यार्थीलाई दैनिक जीवन भोगाइमा आवश्यक पर्ने रोजगारमुलक र व्यवहारिक शिक्षालाई सेन्ट लरेन्सले सधैँ प्रथमिकतामा राख्दै आइरहेको छ।

विद्यार्थीको शैक्षिक उन्नतीसँगै सर्वाङ्गीण वृद्धि विकास पनि उत्तिकै आवश्यक रहेकोले कक्षा ११/१२ मा व्यवस्थापन, कानुन, मानविकी, विज्ञान संकाय, स्नातक तहमा बिए, बिएससीआइटी, बिसिए, बिबिएस र बिएसडब्लुका साथै स्नातकोत्तरमा एमबिएसको अध्यापन गर्दै आइरहेको काठमाडाैँकाे चाबहिल स्थित पिपलबोटमा अवस्थित सेन्ट लरेन्सले भविष्यमा फेशन डिजाइनिङ्, बिबिए, बिए, बिएचएम, बिएएलएलबि तथा स्नातककोत्तर तहमा अग्रंजी र समाजशास्त्रजस्ता प्रविधिमैत्री विषयहरुको अध्यापन गराउने योजना रहेको छ।

सेन्ट लरेन्सले विद्यार्थीमैत्री वातावरणमा विद्यार्थी केन्द्रित शिक्षण पद्धतिका साथै सामाजिक कार्यमा सहभागी व्यक्तित्व विकासका कार्यक्रमहरु, खेलकुद, नृत्य, गायन, कविता, हिज्जे, वक्तृत्वकला, नेतृत्व विकासजस्ता प्रतियोगीताहरुको आयोजनामार्फत् विद्यार्थीहरुको वृद्धि विकासमा पनि उत्तिकै जोड दिँदै आइरहेको छ।

कलेजमा अध्ययनरत विद्यार्थी संख्या, पठनपाठनको पद्धति, कलेज भवनको संंरचना, बोर्ड परीक्षाको नतिजालगायत बिबिध क्षेत्रहरुको अध्ययन अनुसन्धान पश्चात नेपालका टप टेन कलेजहरुको लिष्टमा पर्न सफल भई वि. स २०७९ मा बेष्ट एकेडेमिक एक्सेलेन्ट अवार्ड प्राप्त गर्न सफल भएको लरेन्स काठमाडाैँकाे चाबहिलस्थित पिपलबोटमा रहेकोले प्रत्येक विद्यार्थीहरुलाई पायक पर्ने भएकोले सम्पूर्ण विद्यार्थी, अभिभावक तथा समुदायको पहिलो रोजाइमा पर्न सफल भइरहेको छ।

शिक्षक केन्द्रित शिक्षण पद्धतिलाई पूर्णतया विस्थापित गरी विद्यार्थीहरुकै सहभागिता र अन्तरक्रियात्मक शिक्षणशैलीद्वारा प्रत्येक कक्षाहरु सञ्चालन हुने यस कलेजमा विद्यार्थीहरुकै सहकार्य र सहभागितामा सामाजिक क्लब, वातावरण क्लब, सांस्कृतिक क्लबजस्ता समूहले समयानुकुल बिभिन्न जनजागृति र सचेतनाका कार्यक्रमहरुको आयोजना गर्ने गर्दछ। जसले गर्दा उनीहरुको शैक्षिक विकासका साथै अन्य क्षेत्रहरुमा समेत उत्तिकै सक्रियता बढ्न सहयोग पुग्ने गर्दछ। त्यसो त विद्यार्थीहरुकै ग्रीन आर्मी समूहले नेतृत्वको अभिवृद्धि, रक्षात्मक प्रशिक्षण, वातावरण संरक्षण, सामुदायिक सरसफाइ तथा वृक्षारोपणजस्ता सामाजिक कार्यक्रमहरु पनि गर्ने गर्दछ।

काठमाडाैँ बाहिरका विद्यार्थीहरुलाई समेत ध्यानमा राखी यस कलेजले कक्षा ११ का विद्यार्थीहरुको लागि हास्टेलको पनि व्यवस्था गर्नुका साथै उनीहरुले एसईई परीक्षामा प्राप्त गरेको अङ्क, प्रवेश परीक्षाको प्राप्तांक, दलित, विपन्न, जनजाती, पिछडिएका वर्ग अपांग, एकल अभिभावकका सन्तानहरु र सरकारी विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुलाई बिबिध शीर्षकमा छात्रवृत्ति पनि उपलब्ध गराइरहेको छ।

दक्ष तथा अनुभवी विषयविज्ञ शिक्षक, चुस्त व्यवस्थापन, अद्यावधिक कर्मचारी, प्रविधिमैत्री कक्षाकोठा, सर्वसुलभ लाइब्रेरी, अत्याधुनिक संशाधनयुक्त विज्ञान ल्याब, कम्प्युटर ल्याब, खुला खेल मैदान, हरित वातावरण, स्वच्छ र स्वस्थ क्याफेटेरियाजस्ता आकर्षक विशेषताहरुले सुसज्जित सेन्ट लरेन्स कलेज अबका नयाँ पिँढिका विद्यार्थीहरु, समुदाय तथा अभिभावकहरुको निम्ति उत्कृष्ट बरदान साबित हुनेछ।

प्रकाशित मिति: : 2022-07-31 20:23:00

प्रतिकृया दिनुहोस्