अमेरिकाको केन्टकीमा भीषण बाढीः २५ जनाको मृत्यु, उद्धारमा खटाइयो ५० हेलिकप्टर

The New York Times
The New York Times

अमेरिकामा जलवायु परिवर्तन तीव्र गतिमा भइरहेको छ। 

पश्चिमी क्षेत्र उखरमाउलो गर्मीको चपेटाले थलिएपनि दक्षिण–पूर्वीक्षेत्र भारी वर्षाले डुबानमा परेको छ।

केन्टकीमा भारी वर्षापछिको भीषण बाढीले कम्तीमा २५ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। 

नट काउन्टी अर्थात् केन्टकी राज्यको एउटा जिल्लामा एकैपरिवारका चारजना बालबालिकाको मृत्यु भएको छ।

बालबालिकाहरूको शव तीन दिनपछि शनिबार फेला परेको प्रहरीले जनाएकाे छ। बालबालिकाका अभिभावक एम्बर स्मिथ र रिले नोबलले घरछेउको अग्लो रूखमा चढेर आफ्नो ज्यान बचाएका हुन्।

उनीहरू दुवैजना झण्डै ८ घण्टा रूखमा चढेको स्थानीयवासीले जनाएका छन्।

केन्टकी राज्यका गभर्नर एन्डी बेशियरले मृतकको संख्या बढ्न सक्ने बताएका छन्। स्थानीय प्रशासन तत्काल उद्धार कार्यमा जुटेको उनको भनाइ छ।

बाढीका कारण विद्युत आपूर्ति बन्द भएपछि २५ हजारभन्दा बढी घरमा बिजुली छैन। गम्भीर अवस्थालाई मध्यनजर गरेर केन्टकी राज्यमा आपतकाल लागू गरिएको छ।

वर्षातपछि नदीको पानीको सतह ह्वात्तै बढेको छ। नेशनल गार्डको टोलीले स्थानीय प्रशासनलाई जताततै सहयोग गरिरहेको छ। 

बाढी प्रभावित क्षेत्रमा ५० वटा हेलिकप्टर र ६ सयभन्दा बढी ढुंगा परिचालन गरिएको छ।

प्रायः मानिसहरू घरको छतमा उभिएर ज्यान जोगाइरहेका छन्। केन्टकी, वेस्ट भर्जिनियालगायत अन्य भागमा आउँदो केही दिन भारी वर्षा हुनसक्ने राष्ट्रिय मौसम सेवाले चेतावनी दिएको छ।

प्रकाशित मिति: : 2022-07-30 19:33:00

प्रतिकृया दिनुहोस्