सुनिता लामा
वि.स. २०७७ सालमा विश्वलाई कोरोना कहरले छपक्क छोपिरहँदा सिङ्गाे मुलुकको आर्थिक र सामाजिक क्षेत्रका साथै शैक्षिक क्षेत्र अझ धेरै आक्रान्त भइरहयो तर काठमाडाैँका केही शैक्षिक क्षेत्रका व्यक्तित्वहरुलाई भने यो कहरले एउटा नयाँ खोज, सोच र अवसरको मिठो सपना साकार पार्ने सुनौलो मौका लिएर आयो।
काेराेनाका कारण नेपालका शैक्षिक संस्थाहरु पूर्णरुपमा बन्द रहँदा लाखौँ विद्यार्थीहरु घरभित्रको चौंघेरामा सिमित भई अनलाइन कक्षामार्फत् शिक्षा लिनुपर्ने बाध्यात्मक परिस्थिीतीमा तिनै व्यक्तित्वहरुलाई यो प्रविधियुक्त शैक्षिक प्रणालीलाई कसरी र कुन तरिकाबाट अझ बढी प्रभावकारी र नयाँ आयामद्वारा अघि बढाउने भन्ने कुराले पिरोलिरह्याे। यसैको फलस्वरुप प्राविधिक, व्यवसायिक, रोजगारमुलक र उत्कृष्ट शिक्षालाई उच्चशिक्षा लिने हरेक विद्यार्थीहरुको पहुँचमा पुर्याउने उद्देश्यका साथ सन् २०२० (२०७७) मा काठमाडाैँकाे चाबहिलमा मनास्लु वर्ल्ड कलेजको स्थापना भयो।
अनलाइनकै माध्यमबाट विद्यार्थी भर्ना र कक्षा सञ्चालन सुरु गरेको मनास्लु कलेज विगत तीन वर्षदेखि चाबहिल एरियाकै एकेडेमिक हबको रुपमा स्थापित भई आज हजारौँ विद्यार्थीको रोजाइमा पर्न सफल भएको छ। एक्काइसौँ शताब्दिको उत्तरार्धमा जुन शिक्षा र सीपको आवश्यकता छ त्यस्तै प्राविधिक, व्यवसायिक, रोजगारमुलक, सीपमुलक तथा अनुसन्धानात्मक शैक्षिक प्रणाली र बिबिध सहभागीतामुलक कार्यक्रमहरुका साथमा अनुभवी तथा दक्ष शिक्षकहरुको उत्कृष्ट टिमका साथ व्यवसायिक व्यवस्थापन समिति, सक्रिय र सहभागीतामुलक समुदाय र विषय विशेषज्ञहरुको उत्कृष्ट संचालक समिति बोर्डका साथै लगनशील कर्मचारीहरुको एकताबद्ध हातेमालोका साथ अघि बढिरहेको मनास्लुले उच्च मा.वि.को कक्षा ११/१२ मा नेपाल सरकारले निर्दिष्ट गरेको पाठयक्रमबाहेक नृत्य, गाायन, बाद्यबादन, खेलकुद, पब्लिक स्पिकिङ्गलगायत बिबिध रोजगारमुलक र व्यवसायिक शिक्षालाई प्राथमिकतामा राखी अध्यापन गराउँदै आइरहेको छ।
विद्यार्थीले रोजे जस्तो र सम्पूर्ण अभिभावकले खोजेजस्तो उत्कृष्ट शिक्षा प्रदान गरी प्रत्येक विद्यार्थी तथा अभिभावकको मनमा बस्न सफल मनास्लु कलेजमा कक्षा ११ र १२ मा व्यवस्थापन, मानविकी, विज्ञान, कानुन र स्नातक तहमा बिबिएसको अध्यापन भइरहेको छ। किताबी ज्ञान घोक्ने होइन बजारमा सजिलै बिक्ने शिक्षा र जीवन निर्वाह गर्न सक्षम, असल र दक्ष जनशक्ति उत्पादनलाई नै आफ्नो प्रमुख लक्ष्य राखेको यस कलेजले आगामी दिनमा स्नात्तकोत्तर तहका साथै स्नातक तहमा बिबिध नयाँ संंकाय र कोर्षहरु समेत थप्दै लाने योजना समेत तय गरिरहँदा नयाँ शैक्षिक सत्रको कक्षा ११ मा भर्ना आवेदन खुलाइसकेको र प्रत्येक विद्यार्थीहरुलाई बिभिन्न शीर्षक अन्तर्गत छात्रावृत्तिसमेत प्रदान गरिरहेको छ।
भिडियाे:
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया