ब्याच नम्बर ६९ : अमेरिकी ज्वाइँलाई चरेस खोज्न ठमेलभरि घुमाउँदा...

उकेरा

हेमन्त मल्ल

त्यस दिन काठमाडौंको उत्तरी क्षेत्रको टोखामा मधुरो घाम लागेको थियो। 'भ्वाइस क्लब' को अडिसनका लागि कुमारले अस्थायी भान्साघर बनाएका थिए। त्यहीँ रोटी खाँदै थिए पुष्पन। रोटीको खाजा तयार गर्ने भान्से थिए कुमार शाह।

अप्रेसनको मोडालिटी बनाउने सुरक्षाकर्मीले हो। तर अवस्था अनुसार सुरक्षा सङ्गठनमा संलग्न भएका व्यक्तिलाई पनि स्टिङमा प्रयोग गर्न सकिन्छ।

पहिला एउटा घटना नै उल्लेख गरौँ न योबारे। अनि अलि बुझ्न सजिलो होला। नत्र त यो कालो हो तर कालो हैन, यो सेतै हो तर सेतो हैन भनेजस्तो लाग्न सक्छ।

काठमाडौँको ठमेलमा स्ट्रिट सेलरहरु टन्नै बढेको सूचना आयो। उनीहरू बाटोमा हिँड्ने विदेशी नागरिकहरूलाई चरेस बेच्न सक्रिय थिए। लागुऔषध सेवन नगर्ने पर्यटकहरूलाई पनि उनीहरूले हैरान बनाउने रहेछन्।

उनीहरूले नेपाली वा भारतीय नागरिकलाई चरेस किन्न अफर गर्दैनथे। प्राय अमेरिकन, युरोपियन नागरिकहरूलाई सडकमा हिँडिरहेकै बेला चरेस चाहिन्छ भन्दै सोध्ने रैछन्।

त्यस्तो समूहलाई पक्राउ गर्न सादा पोसाकमा खटिने प्रहरीबाट मात्र सम्भव हुन्न। सादा पोसाकमा खटिदा केही कारोबारी पक्राउ पर्न सक्छन्। तर समूह नै भत्काउन त सकिन्न।

संयोग त्यही बेला मेरो ज्वाइँ नेपाल घुम्न आएका थिए। उनी अमेरिकी नागरिक थिए। यसो सोचे ज्वाइँ मेरा लागी सहयोगी हुन सक्छन्। मैले उनलाई आग्रह गरे' मेरा लागी ग्राहक बनेर ठमेलमा हिँड्ने हो?' उनी राजी भए।

प्रकाशित मिति: : 2022-07-21 14:12:00

प्रतिकृया दिनुहोस्