सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ। संघीय संसदको प्रतिनिधिसभामा बोल्दै माओवादीकी सांसद रेखा शर्माले छानबिनका लागि माग गरेकी हुन्।
नेकपा (एमाले)को अन्तर पार्टी निर्देशन (अपानी)मा अर्थ विभागमा एम. अधिकारी, खोटाङ पनि समावेश छ। उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको आशंका गरिएको छ।
साे विषय सामाजिक सञ्जालमा चर्किएका बेला सांसद शर्माले उनकाे छानबिनकाे माग राखेकी हुन्।
‘पत्रपत्रिकामा आएझैं कुनै अमुक पार्टीको सदस्य राष्ट्र बैंकको गभर्नर भएको भए तुरुन्त छानबिन गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु,’ बैठकमा बोल्दै शर्माले बनिन्।
राष्ट्र बैंक ऐन २०५८ ले गभर्नर राजनीति पार्टीकाे कार्यकर्ता वा पदाधिकारी बन्नबाट वर्जित गरेको छ। ऐन, २०५८ को धारा २१ को (क) मा बैंक सञ्चालकको योग्यता किटान गर्दै भनिएकाे छ,‘राष्ट्र बैंकका सञ्चालक, गभर्नर वा डेपुटी गभर्नर कुनै पनि पार्टीको सदस्य, पदाधिकारी वा कार्यकर्ता बन्न पाउँदैन।’
यदि अपानीमा समावेश नाम गर्भनर अधिकारीकाे भएमा उनी स्वत: निलम्बनमा पर्नेछन्।