आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत पहिलो खेलमा नामिबियाले नेपाललाई जितका लागि २२१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
स्कटल्याण्डमा जारी त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २२० रन बनायो।
नामिबियाका जान निकोल लोफ्टीले सर्वाधिक ६० रन बनाए। यस्तै, डिभान ला ककले ४१, गेर्हार्ड एरास्मुसले २२ रन, क्रेग विलियम्सले २१ जोडे।
नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। उनले ५४ रन खर्चिए। यस्तै, सोमपाल कामीले २, करण केसी, बसिर अहमद र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए।