हिति प्रणाली : पानी व्यवस्थापनको मौलिक विधि

अनलाइनखबर

पद्मसुन्दर जोशी

काठमाडौं उपत्यका प्राचीन बस्ती हो । यहाँ ५० भन्दा बढी परम्परागत बस्ती छन् । यी बस्ती किरात सभ्यताको जगमा लिच्छवीहरुले विकास गरेको मानिन्छ ।

त्यसपछि उपत्यकाको शासनसत्ता सम्हालेका मल्लहरुले त्यसलाई व्यापकता दिए । काठमाडौं उपत्यकालाई नियाल्दा त्यस वरपर कृषि र प्राकृतिक आधारलाई ध्यानमा राखेर तीन चक्रमा बस्ती बसालेको देखिन्छ । अधिकांश नेवारी बस्ती अग्लो ठाउँमै अवस्थित छन्।

यस्तो बस्तीको आफ्नै विशेषता हुन्छन् । यस्ता बस्तीका फाइदा र बेफाइदा दुबै हुन्छन् । सुख्खायाममा पानीको अभाव हुन्छ भने बर्खामा पहिरोको जोखिम हुन्छ । यसरी विभिन्न याममा आउने पानीको समस्याको उचित व्यवस्थापनको लागि त्यसबेला हिति प्रणालीको विकास गरियो ।

प्रकाशित मिति: : 2022-07-09 13:43:00

प्रतिकृया दिनुहोस्