नागरिकता विधेयक फिर्ता

प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता भएको छ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले नेपाल नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिने प्रस्तावलाई स्वीकृत गरेको हो।

सरकारको नागरिकता विधेयक फिर्ता लिने निर्णयअनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव पेस गरेका थिए।

उक्त प्रस्तावमाथि विरोधको सूचना दर्ज गर्दै विपक्षी एमालेसहितका सांसदहरुले आपत्ति जनाएका थिए। तीन वर्षभन्दा लामो तयारीबाट निर्णयार्थ प्रस्तुत गरिन लागेको विधेयक फिर्र्ता लिन नहुने उनीहरुको जोड थियो।

प्रकाशित मिति: : 2022-07-08 17:05:00

प्रतिकृया दिनुहोस्