अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले छानबिनका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिएको घोषणा गरेका हुन्।
आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्नु अघिल्लो दिन २४ जेठ मध्यराति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमाथि संसदीय विशेष छानबिन समिति गठन गरेपछि उनले राजीनामा दिएका हुन्।
छानबिन समितिलाई काम गर्न सहजता प्रदान गर्न राजीनामा दिएको जानकारी दिँदै उनले छानबिन समिति गठनको स्वागत गर्दै समितिकाे प्रतिवेदन स्वीकार्य रहने पनि बताए।