काठमाडौंकेन्द्रित कानुन व्यवसायी : मोफसलमा पनि ‘स्टार’ वकिलकै ‘डिमान्ड’

गत चैतमा सम्पन्न नेपाल बार एसोसिएसनको निर्वाचनका लागि प्रारम्भिक नामावलीअनुसार ८८ बार इकाइका नौ हजार पाँच सय ८८ कानुन व्यवसायी मतदान गर्न योग्य थिए। जसमा आधाभन्दा बढी राजधानीका मतदान केन्द्रमा उपस्थित भई मतदान गर्नेहरू थिए।
    
बारले सार्वजनिक गरेको सूचीमा काठमाडौं उपत्यकामा मात्र पाँच हजार ६ सय २९ कानुन व्यवसायी मत खसाल्न योग्य थिए। सोही तथ्यांकलाई आधार मान्दा कतिपय बार इकाइको सदस्य संख्या एक अंकमा समेत देखिन्छ। इलाम जिल्ला बारमा तीन तथा तेह्रथुम र खोटाङ जिल्ला बारमा आठ–आठ मतदाता छन्। यसैगरी, ओखलढुंगा जिल्ला बारमा सात र सिन्धुपाल्चोक जिल्ला बारमा १० कानुन व्यवसायी मतदानमा सहभागी हुन योग्य थिए।

सोलुखुम्बु जिल्ला बारमा त एकजना मात्र कानुन व्यवसायी मतदाताका रूपमा थिए। यसैगरी, जुम्ला उच्च अदालत बार, गोरखा, लमजुङ, रुकुम, रुकुमकोट, रोल्पा, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, बाजुरा, दार्चुला जिल्ला बारलगायतमा पनि १० भन्दा कम कानुन व्यवसायी कार्यरत रहेको देखिन्छ।

प्रकाशित मिति: : 2022-07-05 15:46:00

प्रतिकृया दिनुहोस्