टिकटक काण्डबारे वलीकाे प्रष्टीकरण- मैले श्रीमानसँग भिडियाे बनाएकी हुँ

एमालेका कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहसँग सँगै सुतेर राेमान्स गरिरहेकाे भिडियाे बाहिरिएपछि एमाले सल्यान जिल्ला कमिटी सदस्य टीका वलीले पत्रकार सम्मेलन गर्दै प्रष्टीकरण दिएकी छन्।

उनले आफ्नाे श्रीमानसँग बनाएकाे भिडियाेलाई प्रविधिकाे दुरुपयाेग गर्दै गुलावजंग शाहकाे अनुहार इडिट गरेर बनाइएकाे दाबी गरेकी छन्।

‘मैले मेराे श्रीमानसँग भिडियाे बनाएकी थिए। त्यसैलाई शाहकाे टाउकाे जाेडी इडिट गरेर भिडियाे भाइरल बनाइयाे’, पत्रकार सम्मेलनमा वलीले भनिन्। उनले गुलाबजंगलाई पार्टीको नेता भएको हिसाबले आफूले बुबा सम्मानकाे आदर र सम्मान गर्ने बताइन्।

वलीले आफ्नो टिकटक अकाउन्ट पनि ह्याक भएको बताएकी छन्। भिडियाे भाइरल भएपछि टिकटक अकाउन्ट ह्याक भएकाे र अहिले नखुलेकाे उनकाे भनाइ थियाे। श्रीमानसँग बनाएको पुरानो टिकटक खोज्दा अहिले नभेटेको उनले बताइन्।

यसबारे कानुनी उपचार खोज्ने उनले बताएकी छन्।

प्रकाशित मिति: : 2022-07-05 13:45:00

प्रतिकृया दिनुहोस्