पैसा व्यापारी गम्भीरध्वज जसले बैंक बन्नुअघि नै बैंकको काम गरे

उकेरा

मोनिका वाइबा

काष्ठमण्डप अगाडि लक्ष्मीनारायण मन्दिरको एक छेउ। भित्तामा टाँसेर राखिएको छ, फलामको पुरानो दराज। अनि गम्भीर मुद्रामा छन्, ढाका टोपी र सेतो सर्ट लगाएका गम्भीरध्वज जोशी।

उनीको शैली नाम जस्तै गम्भीर देखिन्छ। कुनै योग गुरुले आसन ग्रहण गरे जस्तो मुद्रामा छन् गम्भीरध्वज।

उनले लगाएको सर्टको देब्रे बगलीमा 'ओम शान्ति’ लेखिएको पदक पनि देखिन्छ।

हरेक बिहान योग-ध्यान सिध्याएर खाना खानु अनि साइकल चढेर कुपन्डोलबाट आएर ’पैसाको पसल’ खोल्नु गम्भीरध्वजको दैनिकी हो।

उनी दिनभरि पैसासँग खेल्छन्। साँझ रात पर्नुभन्दा अघि नै घर फर्किन्छन्। ओम शान्तिमा लागेपछि उनी साँझपर्नु अघि नै घर फर्किने नियम बनाएका हुन्।

प्रकाशित मिति: : 2022-07-04 17:41:00

प्रतिकृया दिनुहोस्