 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                नेपालको पर्यटन प्रवर्द्धन गर्नका लागि ‘अठोट नेपाल’ले फोटो प्रतियोगिता गर्ने भएको छ। काठमाडौँमा आज पत्रकार सम्मेलन गरेर उत्त कार्यक्रमको घोषणा गरेको हो।
कोभिड महामारीले तहस नहस पारेको पर्यटनलाई पुनरस्थापित गर्नका लागि फोटोको माध्यमबाट देशैंभरिका पर्यटकीय गन्तव्यहरुलाई प्रवर्द्धन गर्नका लागि प्रतियोगिताको आयोजना गरेको कार्यक्रम संयोजक देबेन्द्रबहादुर शाहीले बताए।
शाहीकाअनुसार यो प्रतियोगिता सातै प्रदेशका फोटोग्रफरहरुलाई प्राेत्साहन गर्न र उनीहरुको क्षमतालाई उजागर गर्नका लागि गरिएको हाे। साथै प्रतियोगितामा सम्पूर्ण फोटोग्राफरहरुलाई सहभागी हुन आह्वान गरेको छ।
प्रतियोगिले चार वटा विधामा प्रतिस्पर्धा गर्न सकिने उल्लेख गरेको शाहीले जानकारी दिए। जसमध्ये नेचर, कल्चर, लाईफस्टाइल र वाईल्डलाईफ रहेका छन्। प्रत्येक बिधामा ५०/५० हजार नगद पुरस्कारको घोषण गर्नुका साथै चारमध्ये एक उत्कृष्टलाई से–फोक्सुन्डोको फोटोग्राफी टुर प्याकेज दिने घोषण गरेको छ।
 प्रतियोगितामा प्रत्येक प्रदेशबाट ७/७ फोटो छनौट गरी जम्मा ४९ र बाँकी चार बिधाबाट ४ गरेर जम्मा ५३ फोटोहरुलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि सात प्रदेशमा प्रदर्शन गरिने संयोजक शाहीले बताए।
प्रतियोगितामा प्रत्येक प्रदेशबाट ७/७ फोटो छनौट गरी जम्मा ४९ र बाँकी चार बिधाबाट ४ गरेर जम्मा ५३ फोटोहरुलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि सात प्रदेशमा प्रदर्शन गरिने संयोजक शाहीले बताए।
प्रतियोगितामा सहभागी हुनका लागि केही सर्तहरु समेत रहेको छ। प्रतियोगिताको सम्पूर्ण जानकारी लिन र आफनो फोटो अपलोड गर्नका लागि Presenting Nepal – Presenting Nepal मा गएर फोटो अपलोड गर्न मिल्लेछ।
यो प्रतियोगिता भदौ ३ गते अर्थात् (वल्ड फोटोग्राफी डे) को दिन एक कार्यक्रमबीच उत्कृष्ट घोषण गरिनेछ।
यस प्रतियोगिताको निर्णायक मण्डलमा बरिष्ट फोटोग्राफर जगदिश तिवारी र भरतबन्धु थापा रहेका छन्। अन्य निर्णायकहरु केही दिनमा तय हुने संयोजक शाहीले बताए।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया