‘होस्टेल’मा मृत अवस्थामा भेटिइन् केएमसीकी कर्मचारी

ललितपुरकाे शंखमुलस्थित केएमसी स्कुलकी एक जना कर्मचारी मृत अवस्थमा फेला परेकी छिन्।

काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

रायमाझीले करिब दुई वर्षदेखि साेही स्कुलकाे क्यान्टीनमा सहयाेगीकाे रूपमा काम गर्दै आएकी थिइन्।

घटना लगत्तै त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विशेषज्ञ गोपाल चौधरीसहितको टोली पनि स्कुल पुगेको थियो।

प्रकाशित मिति: : 2022-07-02 22:16:00

प्रतिकृया दिनुहोस्